६ जेष्ठ २०८१, आईतवार

अखिल (क्रान्तिकारी)को अभियान तिव्र,पशुपति क्याम्पस सम्मेलन सम्पन्न

0

काठमाडौ । अखिल (क्रान्तिकारी) पशुपति बहुमुखि क्याम्पसको २० औं इकाई सम्मेलन आईतबार सम्पन्न भएको छ ।

सम्मेलनले अर्जुन सीको अध्यक्षतामा ५४ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ ।

जसमा उपाध्यक्ष मनिषा र मौषमी,सचिव सुनिता,सहसचिव सुभास र कोषाध्यक्ष सलिन सी रहेका छन ।

सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सीले सम्वोधन गर्दै राजनीति संकटको निकासको लागि विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए ।

सम्मेलनमा संगठनका उपाध्यक्ष नरेन्द्र सी,बाग्मती प्रदेश संयोजक मदन सी लगायत विद्यार्थी नेताहरुको आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी)ले राष्ट्रिय सम्मेलन निर्देशित भेला,सम्मेलन,गठन पूनर्गठन तथा प्रचार प्रसार अभियान तिब्र पारिरहेको प्राप्त समाचारमा जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।