५ आश्विन २०८१, शनिबार

नेकपाको स्वयम सेवक टिमद्धारा जाजरकोटमा एकल महिलाको घर निमार्ण गरी हस्तान्तरण

0

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीको स्वयम सेवक टिमले जाजरकोटको खलंगामा एक जना एकल महिलाको घर (अस्थायी आवास)निर्माण गरि हस्तान्तरण गरेको छ ।

खलंगाकी एकल महिला धना शाहको भूकम्पले भत्किएको घर नेकपाका स्वयम सेवकहरुले निर्माण गरी मंगलवार हस्तान्तरण गरेका हुन् ।

नेकपाको दक्षिण कर्णाली व्यूरो र मध्य कर्णाली व्यूरोबाट खटिएका नेता कार्यकर्ताहरुको स्वयम सेवक टिमले घर(अस्थायी आवास) निर्माण गरेको बताईएको छ ।

निर्माण टिममा नेकपाका केन्द्रीय सदस्य रणदिप सी,नेकपाका जाजरकोट जिल्ला इन्चार्ज विराजन सी,जाजरकोट सेक्रेटरी धनजीत सी लगायतका स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।

घर निर्माण पछि मंगलवार घर हस्तान्तरणको कार्यक्रम राखि एकल महिला धनालाई घर हस्तान्तरण गरिएको छ ।

नेकपाका नेता कार्यकर्ताले चिसोको समयमा यसरी घर बनाएर बस्ने बातावरण बनाई दिएको भन्दै धनाले धन्यवाद दिएकी छन ।

हस्तान्तरण पछि नेकपाका केन्द्रीय सदस्य रणदिप सीले पार्टी केन्द्रले गरेको निर्णय जिम्मेवारीपूर्वक पालना गरी जनश्रमको काममा लागेको बताए । उनले यस अघि पनि दुई वटा घर बनाएर भूकम्प पीडितलाई बुझाएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।