३ जेष्ठ २०८१, बिहीबार

कालिकोटमा ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध’ अभियान सुरु

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोट जिल्लाले ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान’ मंगलबार देखि जिल्लामा सुरु गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी कालिकोटले जिल्लाको जिम्जेडीमा एक औचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सीले पार्टीको झण्डा अभियान टिमलाई हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेका थिए ।

अभियानको उद्घाटनका क्रममा छोटो भनाई राख्दै केन्द्रीय सदस्य विराटले ‘सुदृढ तथा विस्तार पार्टी र व्यवस्थित जनसम्बन्ध अभियान’ले पार्टीलाई नयाँ ठाउँमा उठाउने बताए ।

उनले अभियानका बेला पार्टी कमिटिहरु पनि सुदृढ गर्दै लिन र जनतासंगको सम्वन्ध पनि प्रगाड बनाउन अभियान टिमलाई निर्देशन दिए ।

नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीले अभियानको लक्ष्य र उद्देश्य पुरा गर्ने गरी अगाडि बढन अभियान टिमलाई सुझाव दिए ।

अभियानको उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सीले अभियान नयाँ र विगतका भन्दा फरक भएको बताए ।

यस्तै उद्घाटन कार्यक्रमको अन्तमा टेक सी सेक्रेटरी रहने गरी ९ सदस्सीय सेल कमिटीको गठन गरिएको छ भने कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट पार्टी परित्याग गरी पुराना कम्युनिष्ट कार्यकर्ता असंक शाही नेकपामा प्रवेश समेत गरेका छन । 

अभियानको उद्घाटन कार्यक्रमको अध्यक्षता पूर्वी कालिकोट जिल्ला सेक्रेटरी रमेश सीले गरेका थिए भने संचालन हस्त सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।