कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीलाई पूर्वबाट प्रकाशित पूर्वी गर्जन मासिक पत्रिका शनिबार हस्तान्तरण गरिएको छ ।
नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा पुगेर पूर्वी गर्जन मासिक पत्रिकाका निर्देशक सुमनसिंह सी र सह–निर्देशक प्रशान्त सी सहितको टिमले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई पत्रिका हस्तान्तरण गरेको हो ।
नेकपाका महासचिव विप्लवले पत्रिका ग्रहण गर्दै एकीकृत जनक्रान्तिमा पूर्वी गर्जन अनलाईन र पत्रिकाले महत्वपूर्ण भूमिका खेलको बताए । महासचिव विप्लवले पत्रिकाको आगामी दिनमा सफलताको शुभकामना पनि व्यक्त गरे ।
यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले पूर्वी गर्जन पत्रिका ग्रहण गर्दै पूर्वी गर्जन पत्रिका पूर्वेली जनताको मात्र नभई देशको परिवर्तनको संवाहक भएको बताउदै सफलताको शुभकामना दिए । प्रवक्ता प्रकाण्डले जनताको पक्षमा सूचना प्रबाह गर्न सुझाव दिए ।
नेपाल कम्युनिस्ट पार्टीको १० औँ पार्टी पूनर्गठन दिवसका अवसरमा झापाबाट प्रकाशित भएको पुर्वी गर्जन पत्रिकाको विशेषाङ्क प्रकाशित भएको थियो ।
पत्रिका हस्तान्तरणका क्रममा महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य अनिल सी, पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी , इलाम इन्चार्ज मौसम सी लगायतको उपस्थिति रहेको थियोे । पूर्वी गर्जन पत्रिकाको विशेषाङ्क यही मंसिर २८ गते झापाको विर्तामोडमा विमोचन गरिएको थियो ।