५ आश्विन २०८१, शनिबार

नेकपाको केन्द्रीय समितिको बैठक भोलि विहान ८ बजे सम्मको लागि स्थगित

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको विशेष बैठक भोलि विहान ८ बजे बस्ने गरी स्थगित भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुको शिबगढीमा आज दिउसो २ बजेपछि सुरु भएको नवौं केन्द्रीय समितिको विशेष बैठक डेढ घण्टा संचालन भएर साढे ३ बजे स्थगित भएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले जानकारी दिएका छन ।

बैठकमा नेकपाका महासचिव विप्लव सीले “विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौं” भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका छन ।

केन्द्रीय सदस्यहरुले बैठकमा पेश भएको ८ पृष्ठ लामोे प्रस्ताव अध्ययन गरेर भोलि विहानबाट सुरु हुने बैठकमा धारणा राख्ने छन ।

महासचिव विप्लवले बैठकका विभिन्न १२ वटा अन्य प्रस्तावहरु पनि पेश गरेका छन । प्रस्तावहरुमा अन्तर्राष्ट्रिय गीत, श्रद्धाञ्जली, स्वागत नयाँ सदस्य, राजनीतिक र सङ्गठनात्क प्रस्ताव,राजनीतिक काम,सङ्गठन,सङ्घर्ष,आर्थिक,प्रकाशन,नमूना कार्य,सांस्कृतिक र विविध रहेका छन ।

अन्तर्राष्ट्रिय गीत गायर सुरु गरिएको बैठकमा महान सहिदहरु प्रति १ मिनेट श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ ।

आजको बैठकमा महासचिव विप्लवले प्रस्ताव प्रस्तुत गर्नेक्रममा अदालतको पक्राउ पूर्जी नेकपाका लागि चुनौती भएपनि क्रान्तिको हितमा भएको बताएका छन ।

यसअघि स्थागित भएको पोलिट व्यूरोको बैठक पुनः सुरु भएको र आज साँझ सम्म सकिने नेकपाले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।