४ जेष्ठ २०८१, शुक्रबार

सङ्गठन विस्तार गर्दै हिडेका नेकपा धादिङका सेक्रेटरी प्रमोदलाई प्रहरीद्धारा पक्राउ

0

धादिङ । सङ्गठन विस्तार गर्दै हिडेका नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी प्रमोदलाई प्रहरीले विनाकारण पक्राउ गरेको छ ।

जिल्लाको धुनिबेशी नगरपालिका धार्के स्थिति भूवनेश्वर माध्यमिक विद्यालयमा अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन केन्द्रित अभियान सहित सङ्गठन बनाउन गएका बेला सेक्रेटरी प्रमोदलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

भूवनेश्वर माध्यमिक विद्यालयका विद्यार्थीसंग छलफल गरिरहेको बेला विद्यालय व्यवस्थापन समितिले कमिटी नबनाउन दबाव दिएपछि दुईपक्ष बिच सामान्य विवाद भएको थियो ।

सोही विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिले प्रहरी प्रशासन लगाएर संविधानको स्वतन्त्रता विरुद्ध कदम चाली पक्राउ गराएको अखिल क्रान्तिकारीका धादिङ अध्यक्ष मनोज सीले जानकारी दिएका छन ।

विद्यालय व्यवस्थापन समिति र प्रहरी प्रशासनको उक्त कदमप्रति नेकपा धादिङ र अखिल (क्रान्तिकारी)ले घोर विरोध गरेका छन ।
पक्राउ गरिएका नेकपा धादिङका सेक्रेटरी प्रमोदलाई इलाका प्रहरी कार्यालय खानीखोला राखिएको बताईएको छ ।

नेकपाले प्रहरी प्रशासनको उक्ता कदमप्रति आपत्ति जनाउदै पक्राउ गरिएका सेक्रेटरी प्रमोदलाई यताशिघ्र रिहा गर्न माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।