४ जेष्ठ २०८१, शुक्रबार

स्टालिन दिवस सम्पन्न

0

नेकपा (मसाल) निकट बुद्धिजीवी संगठनले प्रविधि प्रयाेग गरेर १४५ औँ स्टालिन दिवसमा बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाका वक्ताहरू नेकपाका स्थायी समिति सदस्य अनिल सी, वरिष्ठ प्रगतिवादी लेखक तथा पत्रकार डि.आर पाेख्रेल, नेकपा (एमाले) का नेता दिपक प्रकाश भट्ट र राष्ट्रिय जनमाेर्चाका नेता मनाेज भट्ट थिए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले विचारमा विकास गरेर र आचरण तथा व्यवहारमा स्टालिनबाट सिकेर मात्रै विश्व कम्युनिस्ट आन्दाेलनलाई रक्षात्मक अवस्थाबाट उठाउन सकिने भन्दै एकिकृत जनक्रान्तिबाट त्यो कार्य सम्भव हुने बताएका थिए ।
बिहीबार साँझ (५ पुस) भएको कार्यक्रमकाे अध्यक्षता समीर सिंहले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।