![](https://janapatrika.com/wp-content/uploads/2023/12/Messenger_creation_defdcbec-1db1-445f-80c0-56dc53daf0dd.jpeg)
नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) क्याम्पस जिल्लाको २६ औं जिल्ला सम्मेलन ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ ।
क्याम्पस जिल्ला संयोजक सुवास सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज सिलु सीको रहेको थियो भने विशेष आतिथ्यता अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सी र नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ महानगर जिल्ला इन्चार्ज भृकुटी सीको रहेको थियो । यस्तै अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सी, कार्यालय सदस्य मदन सी, नतसा सी, संगठनका सचिवालय सदस्य तथा त्रिवि ब्यूरो इन्चार्ज अनिल सी, सचिवालय सदस्य तारा सी, सुवास सी, लोकेश सी, केन्द्रीय सदस्यहरु यसोदा सी, प्रकाश सी, मेघेन्द्र सी, हस्त सी, छत्र सी, कमल सी, जनक सीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि शिलु सीले युवा विद्यार्थीहरु एक भएर अगाडि बढेमात्र समाजवाद प्राप्त गर्न सकिने बताइन् । यो संसदीय व्यवस्थाबाट विद्यार्थीले चाहेको जस्तो शिक्षा प्राप्ति असम्भव रहेकाले समाजवादी राज्यव्यवस्था स्थापनाबाट मात्र शैक्षिक क्षेत्रको आमूल रुपान्तरण हुने बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले संसदीय शिक्षा प्रणालीले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेकोले यसको अन्त्य समाजवादी शिक्षा प्राप्त गर्न अन्तिम तर निर्णायक लडाइँ लड्नु पर्ने बताए । उनले क्याम्पस कलेजहरुबाट आन्दोलनको आँधिबेहेरी सिर्जना गर्नुपर्ने बताए ।
कार्यक्रमको प्यानल प्रस्ताव संगठनका उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए । संगठन कार्यालय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीले शुभकामना दिदै विद्यार्थीहरु यो देशको सचेत वर्ग भएकाले एकजुट भएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
संगठनका महासचिव ललित सी, सचिवालय सदस्य अनिल सी, तारा सी, सुवास सी, संगठनका केन्द्रीय सदस्य मेघेन्द्र सी, यसोदा सी, कमल सीले बधाई दिएका थिए ।
सम्मेलनबाट अध्यक्ष सुवास सी, उपाध्यक्ष चिरायु सी, सचिव जगदीश सी, सहसचिव बबिता सी, कोषाध्यक्ष अर्जुन सीसहित ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।