४ मंसिर २०८१, मंगलवार

संगठनका पूर्व अध्यक्ष प्रकाशका बुवाको निधनप्रति जनपत्रकार सङ्गठन नेपालद्वारा शाेक व्यक्त

0

काठमाडौं – जनपत्रकार सङ्गठन नेपालका पूर्व अध्यक्ष प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधनप्रति जनपत्रकार संगठनले शोक व्यक्त गरेका छ । सोमबार सङ्गठनका अध्यक्ष अध्यक्ष शेरबहादुर विश्वकर्माले शोक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेका हुन् ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘जनपत्रकार सङ्गठन नेपालका पूर्वअध्यक्ष, तथा प्रकाशन विभाग अन्तर्गत जनपत्रिका मासिकका प्रधान सम्पादक प्रकाश सीका बुवा टेकलाल डुम्रेको ७५ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

वालिङ नगरपालिका १२ स्याङ्जामा जन्मिनुभएका उहाँको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको निधनप्रति हाम्रो संगठन गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ ।

दुःखको यस घडिमा शोकलाई शक्तिमा बदल्दै पत्रकार प्रकाश, उहाँको परिवारजन र आफन्तप्रति गहिरो समवेदनमा प्रकट गर्दछौं ।

उनको आज विहान २ बजे निमोनियाँको उपचार गर्दैगर्दा मृत्यु, भएको थियो । डुम्रेका ५ छोरी र ३ छोरा रहेका छन् । प्रकाश डुम्रे उनका कान्छो छोरा हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।