१९ बैशाख २०८१, बुधबार

दाङमा क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरी प्रदेश सदस्य सहित ५६ जना युवा नेकपामा प्रवेश

0

तुलसीपुर । दाङमा मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल परित्याग गरी लुम्बिनी प्रदेश कमिटी सदस्य मनोज परियारसहित ५६ जना युवाहरु नेकपा प्रवेश गरेका छन् ।
मङ्गलबार तुलसीपुर बिजौरी स्थित बाँसगढीमा आयोजित एक कार्यक्रमका बिच क्रान्तिकारी युवाहरु विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।


ध्रुवीकरण कार्यक्रम मार्फत नेकपा प्रवेश गर्नेहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका सदस्य मनोज परियार , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला कमिटी सदस्य द्वय अर्जुन शाही र उद्धव शाह , तुलसीपुरका युवा दिलिप वली सहित ५६ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।


मंगलबार नेकपा पश्चिम दाङले आयोजना गरेको अभियान उद्घाटन तथा ध्रुवीकरण कार्यक्रम र माओ जयन्तीको सन्दर्भमा आयोजित कार्यक्रममा युवाहरु नेकपामा प्रवेश गरेका हुन् ।
नेकपामा प्रवेश गर्ने ५६ जना युवाहरुलाइ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले टीका , माला लगाएर स्वागत गरेका छन । उनले नवप्रवेशीहरुलाई हार्दिक बधाई दिर्दै सच्चा क्रान्तिकारीहरु एकठाउँमा आउनु सकरात्मक पक्ष भएको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।