५ आश्विन २०८१, शनिबार

नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएका छनः आजाद सी

0

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा पश्चिम ताम्सालिन ब्यूरो ईन्चार्ज आजाद सीले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएको बताएका छन ।

मङगलबार नेकपा पश्चिम ताम्सालिन ब्यूरो अन्तरगत नुवाकोट जिल्ला पार्टीको विशेष बैठकलाई सम्बोधन गर्दै नेता आजादले नेकपाको लोकप्रियताबाट दलालहरु आत्तिएकाले नेकपामाथि विभिन्न षड्यन्त्र गर्न लार्गको बताएका हुन ।

उनले अदालतको पक्राउ पूर्जी नेकपाको लोकप्रियताबाट आत्तिएका दलाल तथा साम्राज्यवादीहरुको षड्यन्त्र भएको बताए ।

नेता आजादले लोकप्रिय पार्टीलाई साथ दिएर एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा समाजवादी व्यवस्थाको स्थापिना गर्नुपर्ने बताए ।

“जनलहर ल्याउनुपर्छ, अनि मात्र क्रान्ति सम्पन्न हुन्छ“उनले भने “सबै दलालहरुलाई छट्पटी भएको छ, नेकपाको लोकप्रियताबाट उनीहरू आत्तिएका छन् । नेकपालाई सिध्याउन विभिन्न षड्यन्त्र गरी राखेका छन, यसलाई परास्त पार्नुपर्छ । “

सरकार तीन बुँदे सहमति प्रति गम्भीर नभएको बताउदै उनले सहमति कार्यान्वयन गर्न आग्रह गरे । बैठकले पार्टी संगठनलाई सुदृढ गर्ने, राज्य षड्यन्त्रको भण्डाफोर गर्ने अभियान संचालन गर्ने र सम्पूर्ण जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकको अध्यक्षता नेकपा ब्यूरो सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी संगम सीले गरेका थिए


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।