६ जेष्ठ २०८१, आईतवार

कृषि विकास निर्देशनालय दिपायलका प्रमुख जोशीद्वारा नेकपा सेती व्यूरोले लगाएको आलु खेतीको अवलोकन

0

धनगढी । कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले नेपाल कम्युनिष्ट पार्टी सेती व्यूरोले लगाएको आलु खेतीको अवलोकन गरेका छन ।

सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायलका प्रमुख जोशीले नेपाल कम्युनिस्ट पार्टी सेती व्यूरोले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रतिपुरमा ४ विगाहमा लगाएको आलुखेतीको अवलोकन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक जोशी र बोगटान फुडशिल गाउँपालीकाका डोटीका अध्यक्ष कमल गडसिलाले आलुखेतीको अनुगमन गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता निरक शाहीले जानकारी गराएका छन ।

नेपाल कम्युनिष्ट पार्टीले लिएको उत्पादन नीतिले प्रभावित भएको बताउदै कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक जोशीले उत्पादनमा सिङगो देशलाई जोडेर लैजानु पर्ने बताए ।

उनले आवश्यक कृषि परामर्श र प्रविधिका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन । त्यसैगरी बोगटान फुडशिल गाउँपालीकाका डोटीका अध्यक्ष कमल गडसिलाले अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि उत्पादनमा जोड दिनु पर्ने बताउदै देशलाई आत्म निर्भर बनाउन सिङगो देश उत्पादनमा जोडिनु पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी सेती व्यूरोले कम्युनको अवलोकन गरिदिएकोमा हार्दिक कृतज्ञता प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।