५ आश्विन २०८१, शनिबार

इटहरीमा माओ दिवस मनाउदै दुई महिने अभियान उद्घाटन

0

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी कोशी व्यूरोले इटहरीमा १३१ औं माओ दिवस भव्य रुपमा मनाउदै दुई महिने अभियानको उद्घाटन गरेको छ ।
नेकपाले मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका स्थिति मिलन चोकमा एक कार्यक्रमको आयोजना गरी माओ दिवस भव्य रुपमा मनाउदै दुई महिने अभियानको उद्घाटन गरेको हो ।

‘पार्टी संगठन सुदृढ र विस्तार गरौं,राज्य षड्यन्त्रको भण्डाफोर गरौं’ भन्ने मुलनारा सहित अभियान सुरु हुनेछ ।
नेकपा कोशी व्यूरो इन्चार्ज दिपेश सीले माओको योगदानको चर्चासंगै स्मरण गर्दै दुई महिने अभियानको उद्घाटन गरे ।

उनले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीप्रति आपत्ति जनाउदै जनताको आस्थाको केन्द्रविन्दु हुदै गएको पार्टीमाथिको हमला भएको टिप्पणी गरे ।
उनले तीन बुँदे सहमति यथाशिघ्र सरकारलाई कार्यान्वयन गर्न आग्रह गरे । कार्यक्रममा केन्द्रीय सदस्य संगित र सुनसरी इन्चार्ज डिविसीले अभियानको महत्वबारे प्रकाश पारेका थिए ।

अभियान दुई महिना सम्म चल्ने छ । अभियानका क्रममा संगठन विस्तार तथा सुदृढसंंगै राज्यले गरेको षड्यन्त्रको भण्डाफोर गरिने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।