५ आश्विन २०८१, शनिबार

मकवानपुरले ब्रिटिश साम्राज्यलाई धुलो चटाएकाे इतिहास छ : अनिल सी

0

पृथ्वीनारायण शाहले मकवानपुरे जनताको सहयोगमा ब्रिटिश साम्राज्यलाई धुलो चटाएकाे थियो । जनयुद्धमा पनि मकवानपुरको विशिष्ट भूमिका रहेको थियो ।
आजकाे पुस्ताले उक्त गाैरवशाली विरासतलाई आत्मसात गरेर दलाल पुजीवादविरुद्ध लड्नुपर्ने नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।
आज पूर्वी-दक्षिण मकवानपुर जिल्लाको छैठौं बैठकलाई हेटौंडामा सम्बाेधन गर्दै उनलेे यस्तो अपिल गरेका हुन् ।


बैठकलाई पिबिएम एटम, किसान नेता कालीबहादुर सी, केन्द्रीय सदस्य वाटरले पनि सम्बाेधन गरेका थिए ।
पार्टी स्कुलिङ चलाउने, एमसीसीविरुद्ध अभियान चलाउने निर्णय गरेर सम्पन्न भएको बैठककाे अध्यक्षता सचिव विवेक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।