५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

0

काठमाडौं । चार दलिय समाजवादी मोर्चा नेपालको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठक साँझ ६ बजेबाट सुरु भएको वालुवाटार श्रोतले जनाएको छ । समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा बैठक बसिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत मोर्चाका दोस्रो तहका नेताहरुको सहभागीता रहेको छ ।

बैठकमा मोर्चाको नेतृत्व प्रणालीका विषयमा छलफल जारी छ । यसअघि आज विहान समाजवादी मोर्चाको बैठक वालुवाटारमा बसेको थियो । विहानको बैठकमा मोर्चाका काम कार्वाहीहरु सकरात्मक भएको र जनतामा नयाँ आशा जगाएको बारे छलफल भएको थियो । थप विषयमा निर्णय गर्न आज साँझ ६ बजेको लागि बैठक स्थागित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।