६ आश्विन २०८१, आईतवार

देशको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद होः कलम सी 

0
 
दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले वर्तमान देशको अग्रगामी राजनीतिक निकास
समाजवादी मोर्चा नेपालले अगाडि सारेको कार्यक्रम नेपाली विशेषताको समाजवाद मात्र भएको बताएका छन ।
 जिल्लाको आठविस नगरपालिकाको वडा नम्वर १ सात्तला स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षकहरुसग बुधबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य कलमले यस्तो कुरा बताएका हुन । 
‘नेपालमा अहिलेको संकट समाधानका लागि तीनवटा प्रवृति देखिएको छ’ उनले भने, ‘पहिलो ०४७ साल फर्काउने राजावादीहरुको प्रतिगामी प्रवृति, दोस्रो पार्टी र नेता बदले पुग्छ भन्ने रवीको यथास्थितिवादी प्रवृति र तेस्रो व्यवस्था बदलेर नेपाली विशेषताको समाजवादमा जानुपर्छ भन्ने नेकपा सहितको मोर्चाको अग्रगामी प्रवृति देखिएका छन, यी सवै भन्दा उत्कृष्ट अगाडि जाने प्रवृति नै नेपालको लागि सही निकास हो ।’
नेता कलमले राष्ट्रिय स्वाधीनता पनि खतरामा परेको बताउदै शिक्षक बुद्धिजीवीहरुले यसबारे गम्भीरता पूर्वक सोच्न र परिवर्तनको पक्षमा सहयोग गर्न आग्रह गरे ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुश्माकर उपाध्याय, शिक्षक विर वहादुर थापा, र अर्का शिक्षक बीरबल थापाले धारणा राख्दै नेपाल संकटमा परेको सहि भएको बताउदै अरु पार्टी भन्दा विप्लवको पार्टीलाई आसाको रुपमा हेरेको बताए । 
उनीहरुले विगतमा राजनीतिक दलहरुले धेरै धोका दिएकाले एकैपटक विश्वास गर्न नसकिने अवस्था देखिएको भन्दै अब कुनै पनि राजनीतिक दलको व्यवहार हेरेर जनताले सहयोग गर्ने अवस्था आएको बताए ।
शिक्षकहरुले नेपालमा एमीसीका कारण देश संकटमा आएको र सवै देशभक्त,गणतन्त्रवादी,लोकतन्त्रवादी,वाम कम्युनिष्ट शक्ति एक हुनुपर्छ भनेर ल्याएको नेकपाको धारण सहि भएको बताए ।  उनीहरुले शिक्षक कर्मचारीहरुको तर्फबाट सक्दोसहयोग रहने पनि आश्वासन दिए । 
नेकपाले जिल्लामा संचालन गरेको  संगठन सुदृढ तथा विस्तार गरौँ,राज्य षड्यन्त्रको भण्डाफोर गरौँ! शिर्षकको दुई महिने अभियानको क्रममा विद्यालयमा शिक्षकसंग अन्तरक्रिया गरेको हो ।
अभियानका क्रममा नेकपाले जनताको घरदैलो भेटघाट गर्ने,संगठन बनाउने लगायतका विभिन्न कामहरु पनि गरेको जनाएको छ ।  अन्तरक्रियामा विद्यालयका सबै शिक्षकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन नेकपाका जिल्ला सेक्रेटरी  प्रकाश सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।