२३ बैशाख २०८१, आईतवार

पुँजीवादको अन्त्य र समाजवादको स्थापना नगरी महिला अधिकार स्थापित हुदैनः बन्धु सी

0

बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष बन्धु सीले पुँजीवादको अन्त्य र समाजवादको स्थापना नगरी महिलाहरुको पूर्ण अधिकार स्थापित नहुने बताएकी छन ।

अनेमसंघ (क्रान्तिकारी) दक्षिण कर्णाली ब्यूरोले कोहलपुरमा विहिवार आयोजना गरेको २८ औं दिलमाया स्मृति वीरता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बन्धु सीले यस्तो कुरा बताएकी हुन ।

उनले दलाल पुँजीवादी व्यवस्थाले महिलाहरुलाई उपभोग्य बस्तुको रुपमा प्रयोग गरिएको भन्दै दलाल पुँजीवादको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद स्थापना नगरेसम्म महिलाहरुको अधिकार स्थापित नहुने ठोकुवा गरिन् ।

अध्यक्ष बन्धुले जनयुद्धमा महिलाहरुले ठुल्ठुला बलिदानहरु गरेको चर्चा गर्दै २०५३ साल पुस १९ गते रामेछापको बेथान प्रहरी चौकी कव्जाका क्रममा पहिलो पटक महिलाको तर्फबाट फौजी कार्वाहीको नेतृत्व गर्दै दिलमाया बम्जन लडेको र मोर्चामा उच्च साहादत्त प्राप्त गरेको बताईन ।

उनले त्यसै भएरपनि आजको दिनलाई दिलमाया स्मृति वीरता दिवस अथवा बेथान स्मृति दिवस मनाउने गरेको स्पष्ट पारिन ।
उनले फौजी मोर्चामा दिलमायासंगै कमाण्डर तिर्थ बहादुर गौतम लगायत तीन जनाको उच्च बदिलान भएको बताईन ।

उनले अनेमसंघ (क्रान्तिकारी)को पाँचौ राष्ट्रिय सम्मेलनबाट हरेक पुस १९ गते दिलमाया स्मृति वीरता दिवस, २०५४ साल मंसिर १ गतेको घटनालाई लिएर मंसिर १ गते कुमारी बुढा स्मृति दिवस,२०५४ साल चैत्र २६ गते विथोल्डाँडाको घटनालाई लिएर चैत्र २६ गते महिला प्रतिरोध दिवस र २०५७ साल चैत्र १७ गतेको गोर्खा महिला जेल ब्रेकको घटनालाई लिएर चैत्र १७ गते जेलब्रेक दिवस मनाउने निर्णय गरेको बताईन ।

उनले महिलाहरुले जनयुद्धमा महान बलिदानका कृतिमानहरु बनाएको भन्दै ती कृतिमानहरुको संरक्षण गर्न र स्मरण गर्न विशेष महत्वका साथ दिवसहरु मनाउने गरेको जानकारी दिईन ।

अध्यक्ष बन्धुले महिलाहरुको ठुलो बलिदानका कारण १० बर्षिय जनयुद्धको परिणाम नै अहिलेको पुँजीवादी लोकतान्त्रिक गणतन्त्र सम्म देश पुगेको दाबी गरिन् ।

उनले भनिन् ‘हामीले पुँजीवादी गणतन्त्रमा टिकेर जनवादी गणतन्त्र हुदै समाजवादमा जान चाहेका थियौ । तर प्रचण्ड बाबुरामहरु संसदवादी दलहरुको पुँजीवादी गणतन्त्रमै रमाउनु भयो । यो पुँजीवादी गणतन्त्र मात्र भएन दलाल पुँजीवादी गणतन्त्रमा पुग्यो । जसले गर्दा प्रचण्डबाट पार्टी विभाजनै गर्नु पर्यो ।’

उनले आफ्नो पार्टीले दलाल पुँजीवादबाट सिधै बैज्ञानिक समाजवादमा जान चाहेको भएपनि तत्कालका लागि मोर्चा मार्फत नेपाली विशेषताको समाजवादमा जान चाहेको बताईन । उनले लोकतान्त्रिक गणतन्त्र सम्म महिलाको ३३ प्रतिशत अधिकार स्थापित हुन जनयुद्धको उपब्लधी भएको जिकिर गरिन ।
उनले महिलाहरु पुरुष भएर होइन महिला, महिला नै भएर आफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्ने बताईन । समाजवादको आधारभूत नियम आत्मनिर्भर भएकाले हरेक महिला आत्मनिर्भर हुदै अगाडि बढन आग्रह गरिन् ।

अध्यक्ष बन्धुले देश एमसीसी लगायतका विदेशी हस्तक्षेपले गम्भीर खतरामा परेको बताउदै देश बचाउन र नेपाली विशेषताको समाजवाद स्थापना गर्न महिलाहरु एकतावद्ध हुनु पर्ने बताईन ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रणदिप सीले महिलाहरुको उत्पीडन अझै पनि नसकिएको र अधिकारका लागि संघर्ष गर्नुपर्ने बताए ।
कार्यक्रममा अतिथिको रुपमा जनपत्रकार संगठनका केन्द्रीय सचिव बसन्त विक,पार्टी सल्लाहकार जीतमान सीको पनि सहभागीता रहको थियो ।

अनेमसंघ(क्रान्तिकारी)का दक्षिण कर्णाली व्यूरो संयोजक सीता सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा उत्तर बाँकेका सेक्रेटरी कल्पना सीले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।