२ जेष्ठ २०८१, बुधबार

अखिल (क्रान्तिकारी) को एकैदिन ३ वटा जिल्ला रुपन्देही, सिराहा, पश्चिम बागलुङको सम्मेलन सम्पन्न

0

रुपन्देही
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को शुक्रबार एकैदिन ३ वटा जिल्ला रुपन्देही, सिराहा र पश्चिम बागलुङको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) रुपन्देही जिल्लाको २६ औं जिल्ला सम्मेलन पदम पराजुलीको अध्यक्षता, नेकपाका पोलिट ब्युरो सदस्य तथा पुर्वी लुम्बिनी ब्युरो इन्चार्ज प्रज्वलन सीको प्रमुख आतिथ्यता, अखिल (क्रान्तिकारी) का संयोजक प्रकाश सीको विशिष्ट आतिथ्यता, पार्टी केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज शरद सी, पार्टी केन्द्रिय सदस्य विश्वास सी, पार्टी रुपन्देही जिल्ला सचिव विरेन्द्र, संगठनका कोषाध्यक्ष प्रीतिमा सी, संगठन ब्युरो इन्चार्ज विज्ञान सी, केन्द्रिय सदस्य गगन सी, करिस्मा सीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
सम्मेलनले पदम सीको नेतृत्व मा २९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।


सम्मेलनमा बोल्ने वक्ताहरुले नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिबाट मात्र देशमा आमूल रुपान्तरण हुने भएकाले नेकपाले संचालन गरेको एकीकृत जनक्रान्तिमा सहभागी भएर वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा सहभागी आह्वान गरेका थिए ।


साथै युवा विद्यार्थी समाजको सचेत वर्ग भएकाले खराबीका विरुद्ध तथा आफ्नो अधिकार प्राप्तिका लागी सबै एकजुट भएर लड्न, खबरदारी गर्न सुझाव दिएका थिए ।

पश्चिम बागलुङ

बागलुङ: राष्ट्रिय स्वाधिनता र शिक्षा क्षेत्रका विकृति विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ संगठन र समाजवादी शिक्षाका लागि तेस्रो पश्चिम बागलुङको जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ शुक्रबार ने.क.पा. निकट अखिल (क्रान्तिकारी) पश्चिम बागलुङ जिल्लाको सम्मेलन बुर्तिबाङमा सम्पन्न भएको छ ।

सम्मेलनबाट अध्यक्षमा किरण सी, उपाध्यक्षमा विशाल सी, उमेश सी, विक्रम सी, सचिवमा सम्झना सी, सहसचिवमा विजय सी, सीता सी, तुल्सी सी, दिलिप सी र कोषाध्यक्षमा विजय सी लगायत ४५ सदस्यीय जिल्ला समितिमा निर्वाचित भएकाे छ ।

बागलुङको बुर्तिबाङ लस्मिकुन्द पुलबाट र्यालीसहित गोलबजारको परिक्रमा गरि गुरुङ समाजको हलमा भव्य तथा सानदार रुपमा सम्मेलन सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी, विशेष अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आकाश सी, बागलुङका सेक्रेटरी उत्तम सी, अखिल (क्रान्तिकारी) गण्डकी कमान्ड इन्चार्ज प्रकाश सी, उपेन्द्र सी र अतिथिमा प्रशान्त सी, हरि सी, गोविन्द सी, भुमिकर सी सुन्दर सी लगायत नेताहरुको उपस्थिति थियो ।

किरण सीको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन सुधन सीले गरेका थिए भने स्वागत मन्तव्य सुस्मिता सी राखेकी थिइन् ।

कार्यक्रममा सम्बाेधन गर्दै प्रमुख अतिथि विकिरण सीले सिङ्गो बागलुङ र देशको शैक्षिक समस्या समाधान गर्ने जिम्मेवारी अखिल (कान्तिकारी) को काँधमा आएको बताए ।
अबको विद्यार्थी आन्दोलन दलाल पुजीवादी संसदीय व्यवस्था फेर्ने आन्दोलन हुनुपर्ने बताए ।
जनताको जनजीविका, शिक्षा, स्वास्थ्य, गाँस, बास र कपाससहितको मुद्दाहरुसँगै अखिल (क्रान्तिकारी) ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

सिराहा
राष्ट्रिय स्वाधिनता र शिक्षा क्षेत्रका विकृति विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ संगठन र समाजवादी शिक्षाका लागि प्रथम सिरहा जिल्ला सम्मेलन !! भन्ने मूल नाराका साथ शुक्रबार ने.क.पा निकट अखिल (क्रान्तिकारी ) सिरहा जिल्लाको सम्मेलन सम्पन्न भएको छ ।

 

 

सम्मेलनबाट अध्यक्षमा प्रियंका वाइबा, उपाध्यक्षमा हरे राम यादव, सचिवमा कमलेश कुमार यादव, सहसचिवमा किरण मण्डल र कोषाध्यक्षमा सर्मीला राई लगायत ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएकाे छ ।

रामप्रताव रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्यालीसहित गोलबजारको परिक्रमा गरि अतिथि सदनको हलमा भव्य तथा सानदार रुपमा सम्मेलन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका पिबिएम त्रिलोक सी, विशेष अतिथिमा अखिल (क्रान्तिकारी) मधेस कमान्ड इन्चार्ज प्रकाश सी र रामकुमार सी, अतिथिमा विक्रान्त सी, तिलक सी, माइला सी, रमन सी लगायत नेताहरुको उपस्थिति थियो ।

पियंका वाइबाको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन मोनिका श्रेष्ठले गरेकी थिइन् भने स्वागत मन्तव्य सर्मिला राईले राखेकी थिइन् ।

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन आगामी फागुन ६, ७, ८, ९ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।