५ जेष्ठ २०८१, शनिबार

प्राकृतिक श्रोत र मानब श्रमलाई प्रयोग गर्दा देश समृद्ध बन्छः कलम सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्र्चाज कलम सीले प्राकृति श्रोत र मानव श्रमलाई प्रयोग गर्दा देश समृद्ध हुने बताएका छन ।

नेकपा दैलेखले दुई महिने ‘संगठन सुदृढ तथा विस्तार र राज्य षड्यन्त्रको भण्डाफोर’ अभियानका क्रममा बुधवार जिल्लाको चामुण्डा विन्दासैनी नगरपालिकाका कर्मचारी संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कलमले यस्तो कुरा बताएका हुन ।

उनले देशलाई आत्मनिर्भर बनाउन उत्पादन गर्न आवश्यक भएको बताउदै पैसाको स्रोत मानवीय शारीरिक श्रम र प्राकृति श्रोतमा ढुङगा,माटो वालुवा, वन, खानी र पानी भएको बताए ।

उनले विगतमा आफ्नो पार्टीले दलाल व्यवस्थाको विरोध गर्दा पार्टीमाथी ओली सरकारले प्रतिबन्ध लगाएको र पछि सोही सरकारसँग ३ वुँदे सहमति भएपछि प्रतिवन्ध हटेको बताए ।

नेपालको वर्तमान राजनीतिक संकटको निकासको लागि समाजवादी मोर्चा बनेको भन्दै उनले नेपाली विशेषताको समाजवाद लागु गर्न सबै एकजुट हुनुपर्ने बताए ।

उनले अमेरिकी साम्राज्यवादले नेपालमा सैन्य हस्तक्षेप गरेकाले देशको राष्ट्रिय स्वाधीनता खतरा रहेको बताए । अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा जिल्ला सेक्रेटरी प्रकाश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।