२५ बैशाख २०८१, मंगलवार

सहिद विवश,इन्द्रजित र मदनको २३ औं स्मृति दिवस भव्य रुपमा मनाईयो, अधुरो सपना पुरा गर्ने प्रतिबद्धता

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों २३ औं स्मृति दिवस भव्य रुपमा मनाएको छ । नेकपाले सहिद इन्द्रजितको गाउँ रास्कोटको चुत्रिकोट घरमै शुक्रबार भव्य औपचारिक कार्यक्रमको आयोजना गरी २३ औं स्मृति दिवस मनाईएको हो ।

तत्कालिन नेकपा (माओवादी)का जिल्ला पार्टी सदस्य विश्वनाथ योगी (विवश), पुष्पराज न्यौपाने (इन्द्रजित) र छापामार सदस्य मदनको २०५७ साल पौष २७ गते आजैको दिन फुकोटको थोल्म भिडन्तमा उच्च साहदत्त भएको दिनको सम्झनामा नेकपाले स्मृति दिवस मनाएको जनाएको छ ।
स्मृति दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य विराट सीले सम्बोधन गर्दै महान सहिद विवश,इन्द्रजित र मदनको योगदानको चर्चा गरेका छन । राज्यसत्ता परिवर्तनको महान जनयुद्धमा हाँसी हाँसी उच्च बदिलान गर्ने महान सहिदहरुको अधुरो सपना पुरा गर्ने बाचा सहित उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

उनले साम्राज्यवाद नयाँ रणनीतिकका साथ नेपाली कम्युनिस्ट जनमत घटाउन दलाल पुँजीवाद सुदृढ गर्नका लागि लागि परिरहेको बताउदै सबै माओवादी कम्युनिष्टहरु फुटेर नभई जुटेर दलाल संसदीय व्यवस्था र साम्राज्यवादको षड्यन्त्र विरुद्ध लड्नु पर्ने बताए ।

उनले भने ‘सुदृढ कम्युनिस्ट व्यवस्थित समाजबादका लागि कम्युनिस्ट संस्कार र संस्कृति व्यवस्थित गर्न यो स्मृति दिवस मनाइरहेका छौ । पार्टी अलग भए पनि एक कम्युनिस्ट अर्काको बिरूद्ध जानु हुदैन जो साम्राज्यवाद यही चाहान्छ । त्यसैले हामी फुटेर होइन जुटेर साम्राज्यवादवादका विरूद सबै माओवादी घटक र बाम कम्युनिस्टहरु एक हुनुपर्छ ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलमान सीले महान सहिद बिश्व नाथ योगी (विवश) आफ्नो कमिसार भएको बताउदै उहाँको योगदानको उच्च सम्मान गर्नुपर्ने बताए ।  उनले सहिदको सपना पुरा गर्ने उद्देश्य लिएर बाँचेका क्रान्तिकारी कम्युनिस्ट र माओबादीहरुले समाजवादी क्रान्तिको यात्रामा लाग्नु पर्ने उद्घोष गरे ।

कार्यक्रममा नेकपा (माओबादी केन्द्र )रास्कोट नगर कमिटीका सचिव तथा सहिद परिवार कन्चन शाहीले माओबादीहरू अहिले सरकारका भएको बेला सहिदहरुलाई भुल्न नहुने बताए । उनले भने ‘सहिदहरू कुन दिन कुन सालमा सहिद भएका हुन ? सहिद परिवारको अवस्था के छ ? त्यो पनि सरकारमा भएकाले भुली सकेका छन । अहिले विप्लवको नेकपाले प्रत्येक सहिदहरूको सम्झनामा स्मृति दिवस गरेकोमा खुसी लागेको छ । यो काम हामी सबैले मिलेर गर्नु पर्ने हो ।’

कार्यक्रममा रास्कोट नगरपालिका वाड नम्वर ं ९ का वडा अध्यक्ष धन बहादुर धामीले जनयुद्धका सहिद हरूले कल्पना गरेको नेपालमा जनवादी व्यवस्था प्राप्त नभएको बताए । उनले अहिलेको व्यवस्थामा माओवादी केन्द्र सरकारमा भएपनि वास्तविक जनताको चाहना र सहिद परिवारको सपना पुरा गर्न नसेको बताए । उनले भने ‘यो दलाल पुँजीवाद व्यवस्था नै असफलता तिर गइरहेको बेला यसको विकल्प नेपाली जनताले खोजिरहेका छन, तर समाधान भने नेपाली बिशेषताको समाजबाद हो ।’

कार्यक्रममा रास्कोट नगरपालिका वडा नम्वर ८ का पूर्व वाड अध्यक्ष तथा नेकपा एमालेका नेता कृष्णप्रसाद धमलाले जनयुद्धमा बलिदान गर्ने सहिद सबैको सहिद भएको बताए । उनले सहिदहरुको बोकेको लक्ष्य र उद्देश्य पुरा गर्न आवश्यक भएको बताए । उनले नेकपा एमालेको राजनीतिक कार्यक्रम बहुदलिय जनाबाद पूर्ण नभएको भन्दै अबका दिनमा सबै कम्युनिस्टहरू समाजबादका लागि एकभएर जानुपर्ने धारणा राखे ।

कार्यक्रममा सबै शिक्षकको तर्फबाट बोल्दै शिक्षक बेदप्रसाद वरालले अहिलेको परिस्थितिमा सहिद परिवार घाइते परिवार बेपत्ता परिवारको खोजी कार्य गर्नु सकरात्मक काम भएको भन्दै नेकपालाई धन्यवाद दिए । शिक्षक वरालले सहिदहरूको सपना पुरा नभएको भन्दै जनयुद्धका सहिदहरुको सपना पुरा गर्न सबै माओबादी एक भए लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा पश्चिम कालिकोट जिल्लाका सेक्रेटरी साहसी सी, नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य भूकुम्प सी, वाड नम्वर ८ का वर्तमान वडा अध्यक्ष मनिराज वराल (स्टार) सहिद इन्द्रजितको जीवनसंगीनी वीरिन्द्रा वराल (न्यौपाने) लगायतका सहित परिवारहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहिद परिवार तथा घाइतेहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटले सम्मान पत्र समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागिहरुले सहिदको फोटामा माल्याअर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले बोल्नु अघि रास्कोट ८ निवासी तथा जनपत्रकार संगठन नेपालाका केन्द्रीय सचिव पत्रकार बसन्त विकले थोल्म घटनाका बारे लेखेको ‘क्रान्तिका धरोहर सहिद विवश इन्द्रजीत गुमाएको पौष २७ को कालो दिन’ शिर्षकको संस्मरण लेख बाचन गरेर सुनाईएको थियो भने सहभागीहरु निकै भावुक भएका थिए ।

नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा रास्कोट नगर कमिटी इन्चार्ज समग्र सीको अध्यक्ष्तामा सम्पन्न भएको स्मृति दिवस कार्यक्रमको संचालन नगर सेक्रेटरी निर्देशन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।