५ जेष्ठ २०८१, शनिबार

अहिलेको संकटको समाधान नेपाली विशेषताको समाजवाद हाे : आधार सी

0

कैलाली: नेपाल कम्युनिस्ट पार्टी कैलालीले अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार जिल्लाको जोशीपुर गाउँपालिका स्थित हलमा वर्तमान राजनीतिक संकट र यसको समाधान उपाय विषयक अन्तरक्रिया गरेको नेकपाले जनाएको छ ।

नेकपा जोशीपुर गाउँ कमिटी इन्चार्ज राम सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य प्रमुख वक्ता आधार सी रहेका थिए । अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय व्यवस्थाको कारण नेपाली राजनीति अस्तव्यस्त बनेको बताएका छन् । उनले भने,“अहिलेको सत्ता केबल दलालहरुको हातमा छ जसका कारण जनताले दिन प्रतिदिन सबै क्षेत्रमा सास्ती खेप्न परेको छ ।” अहिलेको राज्य सत्तामा देखिएका संकटको समाधान गर्न नेपाली विशेषताको समाजवाद आवश्यक रहेको नेकपा नेता आधारले बताएका छन्।

कार्यक्रममा सहभागी अन्य राजनीतिक दलका नेताहरुले पनि सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका क्रममा देशको राजनीतिक समस्याको समाधान गर्नका लागि एकचोटि सबै दलहरु साँझ सहमतिले अगाडि बढ्नुपर्ने जोड दिए । अन्तरकृया कार्यक्रमको सञ्चालन नेकपा सेती ब्युरो कार्यालय सचिव निरक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।