४ जेष्ठ २०८१, शुक्रबार

आज देशभर २९ औँ जनयुद्ध दिवस मनाउँदै

0

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीले आज फागुन १ गते देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी भव्य रूपले २९ औँ जनयुद्ध दिवस मनाउँदैछ ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको ऐतिहासिक दिनलाई नेपालका माओवादी घटक दल, क्रान्तिकारी कम्युनिष्ट शक्ति र विशेषगरी नेपाल कम्युनिष्ट पार्टीले विशेष पर्वका रूपमा मनाउँदै आएको छ ।
नेकपा र नेकपा आवद्ध विभिन्न जवस, मोर्चाहरूले देशभर विभिन्न रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी २९ औँ जनयुद्ध दिवस मनाउँदैछन् ।

आज हर्षउल्लासका शुभकामना आदानप्रदान गर्ने, दिउँसो उत्सव मनाउने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने र साँझ दीपावली गरिनेछ ।

२०५२ साल फागुन १ गते अर्थात् नेपालमा जनयुद्ध सुरुआत भएको दिन । अठ्ठाइस वर्षअघि ‘विद्रोह जनताको अधिकार हो । प्रतिक्रियावादी राज्यसत्ता अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ नेपालमा प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्ध सञ्चालन भएको थियो ।

त्यसैले हरेक वर्ष फागुन १ गतेको दिनलाई ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।