२८ बैशाख २०८१, शुक्रबार

दलाल संसदीय व्यवस्थाले युवाहरु बेरोजगार भएः कलम सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले नेपालमा दलाल संसदीय व्यवस्थाका कारण युवाहरु बेरोजगार भएको बताएका छन ।

युवा संगठन नेपाल दैलेख जिल्लाको आयोजक समितिको बैठकलाई शुक्रवार आठविस नगरपालिकाको सात्तलामा सम्वोधन गर्दै केन्द्रीय सदस्य कलमले यस्तो कुरा बताएका हुन । उनले नेपालका युवाहरुको मुख्य समस्या वेरोजगारी भएको बताए ।

उनले वेरोजगारको समस्याले गाउँमा युवाहरु नरहेको बताउदै नेपालका युवाहरु दलाल व्यवस्थाकै कारण बिदेशमा सस्तोमा श्रम बेच्न बाध्य भएको बताए । नेपालका युवा तथा सबै जनताको समस्या समाधान दलाल व्यवस्थाबाट सम्भव नरहेको ठोकुवा गर्दै उनले दलाल संसदीय व्यवस्था फाल्नुको विकल्प भएको बताए ।

उनले नेपाली राजनीतिमा देखिएको संकटको समाधान समाजवादी मोर्चाले अगाडि सारेको नेपाली बिशेषताको समाजवादले मात्र गर्ने तर्क ठोकुवा गर्दै त्यसका लागि आगाडि वढनुपर्ने बताए ।

नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी,युवा संगठन नेपाल केन्द्रीय समिति सदस्य तथा मध्यकर्णाली ईन्चार्ज मिनेश सी,श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सुर्खेत दैलेख ईन्चार्ज जनक सी र नेकपा आठविस नगर समिति सदस्य टीकाराम सी अतिथि लगायतको आतिथ्यता रहेको थियो ।

लोकराज सीको अध्यक्षतामा बसेको बैठकले फाल्गुन २५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै लोकराज सीको नेतृत्वमा ११ सदस्यीय भेला आयोजक समिति समेत गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।