
नवलपरासी । जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिवालयको बैठक नवलपरासीको भुताहमा सुरु भएको छ ।
संगठनका अध्यक्ष शेर बहादुर बिश्वकर्माको अध्यक्षतामा सुरु भएको बैठकमा नेकपा स्थायी समिती सदस्य एवम संगठनका फ्याक्सन इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम नवलपरासी जिल्ला इन्चार्ज कमल सी , नेकपा नवलपरासीका सेक्रेटरी प्रताप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य शुस्मा सी , महिला नेतृ हरिकला सीको आतिथ्यता रहेको छ ।
बैठकमा सहभागी हेमन्त प्रकाश ओली , मान बहादुर सहकारी , सुर्य बरालले अध्यक्षले पेश गरेका एजेन्डामाथि सुझावसहित कार्यक्षेत्रको रिपोर्ट पेश गरेका छन् भने रिपोर्टिङको क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्