७ जेष्ठ २०८१, सोमबार

आजदेखि सहिद सप्ताह सुरू, विभिन्न कार्यक्रम गरिदै

0

काठमाडौं: आजदेखि सहिद सप्ताह सुरु भएको छ । फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित झापा सुखानी आन्दाेलनका सहिदहरुको सम्झनामा हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएको छ ।

जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्‍गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो । त्यसैले तत्कालिन नेकपा (माओवादी) ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो ।

प्रथम सहिद रम्तेलसँगै जनयुद्ध, जनक्रान्तिका सम्पूर्ण सहिद र सुखानीका सहिदहरुको सम्झनामा नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताहकाे अवसरमा फागुन १४ देखि २१ गतेसम्म सहिद परिवार, बेपत्ता याेद्धाका परिवार तथा घाइते याेद्धाहरुलाई सम्मान/अभिनन्दन तथा विभिन्‍न रचनात्मक कार्यक्रम गर्दै आएकाे छ । यस वर्ष पनि सहिद सप्ताहको अवसरमा विविध कार्यक्रम गर्ने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।