१७ बैशाख २०८१, सोमबार

नेपालमा उत्पादनमा नेता नजोडिनु नै भ्रष्टाचारको जन्म हुनु होः विप्लव सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्ति नहुदा र उत्पादनमा नेता नजोडिदा भ्रष्टाचारको जन्म भएको बताएका छन ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आज सदरमुकाम मान्ममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले उत्पादनमा नेता नजोडिदा नेपालमा भ्रष्टाचारको जन्म भएको बताएका हुन ।

उनले नेपालमा कम्युनिष्ट भन्ने नेताहरु समेत भ्रष्टाचारको मुद्धामा जेल जानु दुखत कुरा भएको भन्दै कम्युनिष्टहरुले श्रम र उत्पादनलाई राजनीतिमा जोड्न नसक्दा समस्या आएको बताए ।

महासचिव विप्लवले भने ‘यो समस्यालाई नेकपाले हल गर्ने प्रयास गरेको छ,नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न र पार्टी जनतालाई आत्मर्भिर बनाउन उत्पादको नीति अनुसार जुम्ला र कालिकोटमा स्याउ खेति गरेका छौ । एकीकृत स्वामित्वको नीति अनुसार जनता र पार्टी दुबैको हुनेछ, देशलाई आत्मनिर्भर बनाउन नेताहरु उत्पादनमा जोडिनै पर्छ ।’

उनले बर्तमान सरकार केही सापेक्षिक रुपमा प्रगतिशील सरकार भएको भन्दै यसले राम्रो काम गर्नेमा आसा व्यक्त गरे ।

उनले नेपालको राजनीतिक अवस्था अझै पनि अस्थिर भएको र यसको स्थितरका लागि र अहिलेको संकट समाधानका लागि नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए ।

उनले व्यवस्थाको असफलताले गर्दा नेपालका सबै कम्युनिष्टहरु माओवादीहरु एकजुट भएर समाजवादका लागि आगाडि बढन आवश्यक भएको पनि धारणा राखे । ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।