१६ बैशाख २०८१, आईतवार

६८ बर्षिय प्यारालाईसिसका विरामी मनबहादुरले ओछेनबाटै भने ‘विप्लव देशलाई मुक्त गर्नु’

0

कालिकोट । जिल्लाको सहिद स्मृति गाउँपालिका कोटवाडाका ६८ बर्षिय प्यारालाईसिसका विरामी मनबहादुर विकले नेकपाका महासविच विप्लवलाई कुनै पनि मुल्यमा देशलाई मुक्त गर्न सुझाव दिएका छन ।

नेकपाका महासचिव विप्लव सी बुधवार विहान स्वास्थ्य अवस्था बुझन उनकै घर चौथिकोटमा भेट गर्न पुगेको बेला ६८ बर्षिय बुवा मनबहादुरले कुनै पनि मुल्यमा देशलाई मुक्त गर्न विप्लवलाई सुझाव दिएका हुन ।

उनले विप्लवलाई लालिगुँरासको फुल हस्तन्तरण गरी निधारमा टिका लगाई स्वागत गर्दै विप्लवलाई अरु पार्टीका नेताहरुले धोका दिए जस्तो जनतालाई धोका नदिन पनि आग्रह गरे ।

 

सो अवसरमा महासचिव विप्लवले जनताको मुक्तिका लागि कुनै पनि चिन्ता नगर्न सल्लाह दिदै पार्टीले उपचारमा सक्दोसहयोग गर्ने विश्वास दिलाए ।
६८ बर्षिय बुवाले आफूलाई गत वर्षको चैत्र २७ गते प्रेसरले हान्दा विरामी भएको र नेपालगंज पुगेर उपचार गर्दा पनि ठीक हुन नसकेको विप्लवसंग बताए ।

बुवा मनबहादुरले आफूले यसअघि विरामी नहुदा र विप्लव माल्कोट आउदा कार्यक्रममा गएको स्मरण गर्दै यतिवेलाको कार्यक्रममा जान नपाउने हुदा दुखि भएको भन्दै भावुक भएर आँखाबाट आँसु झारे ।

 

उनले भने ‘विप्लव कालिकोट आएकोमा धन्यवाद छ, म कार्यक्रममा जान नपाएपनि खुसी छु,विप्लव भनेको जनताको नेता हो,उसले कुनै पनि मुल्यमा देश र जनतालाई मुक्त गर्नेछ, मेरो आत्मविश्वास छ ।’

बुवा मनबहादुरका ४ छोरा छन । जेठो अशोक,माहिलो कालिबहादुर,साँहिलो डम्बर र कान्छो अलिबहादुर छन । उनको बाँया खुट्टा र बाँया हातमा प्यारालाईसिसले हानेको हो । हाल उनको एकसाईडको हात र खुट्टा चल्दैन । उनी ओछेनमै बसेर दिन विताउने गरेका छन ।

तर उनमा अरु संसदमा गएका पार्टीहरुप्रति विश्वास छैन । उनले देशमा केही गर्नसके विप्लवले मात्र गर्न सक्दे आत्मविश्वास बोकेका छन ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।