१६ चैत्र २०८०, शुक्रबार

सिंहदरबार नजिकै बबरमहलस्थित सडकमा मसाल जूलूस

सरकारले आगोको लप्का संग खेल्ने दुस्साहस नगरोस् । अध्यक्ष ( प्रकाश शाही )

0

काठमाडौ,
अहिलेको सरकार र राज्यको निकायले नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच बिगतमा भएको ३ बुदे सहमति उलंघन गरि पुन ललितपुर जिल्ला अदालत बाट नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लब, पार्टी प्रवक्ता प्रकाण्ड लगायत का नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै आज नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सिंहदरबार नजिकै बबरमहलस्थित सडकमा मसाल जूलूस तथा विरोध पर्दर्शन गरेको छ ।

मसाल जुलुस पछिको विरोध पर्दर्शन कार्यक्रम लाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुदे सहमति उलंघन गर्दै ललितपुर जिल्ला अदालतले पार्टी महासचिव, प्रवक्ता र नेता कार्यकर्ताको नाममा कथित पक्राउ पुर्जी जारी गर्नु खेदजनक र भत्सर्ना योग्य रहेको बताए ।

अध्यक्ष शाहीले सरकारले आगोको लप्का संग खेल्ने दुस्साहस नगर्न चेतावनी दिदै यदि सरकारले आगोको लप्का संग खेल्ने हो, भने जल्ने हिम्मतका साथ फिल्डमा आउन चुनौती दिए । साथै उनले अहिले सिर्जित राजनीतिक घटना क्रमको बारेमा हाम्रो पार्टी संग छलफल गर्न माग गरे ।

एक अर्को प्रसंगमा आफुहरु शान्तिपूर्ण तरिकाले जनताको जनजिविका, नेपालको सार्वभौमिकता, संसदीय व्यवस्थामा आएको संकट तथा समस्या राजनीति छलफल बाट सरकारले हल गरोस् भन्ने चाहिरहेको बताए ।

साथै राज्यले नेकपा संग गरेका सहमति लाई उलंघन गर्ने हो भने त्यो सहमति मान्न नेकपा र त्यसको संगठन तयार नहुने र इटको जवाफ आगामी दिनमा पत्थरले दिने प्रक्रियामा जान बाध्य नपार्न सरकार लाइ चेतावनी दिए ।

अर्को एक प्रसंगमा अहिले देशमा व्याप्त भ्रष्टाचार ,महंगी,कालोबजारी,जनघात, राष्ट्रघात बढीरहेकोले यसको समाधान शान्तिपूर्ण ढंगले खोज्नु पर्ने वताए । अन्यथा शान्ति भड्कियो भने, द्वन्द्व भड्कियो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

सरकारको ३ बुदे सहमति भंग गर्ने नियत देखिएको र आजको अदालतको सूचनाले देशमा अशान्ति फैलाउने संकेत देखिएकाले इमानदारी पूर्वक सरकारले ३ बुदे सहमति कार्यान्वयन गर्न जोड दिदै नेपाल कम्युनिस्ट पार्टी पनि ३ बुदे सहमति पालना गर्न आजका दिनमा पनि प्रतिबद्ध रहेको बताए ।

आजको मसाल जुलुस पछिको कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी) का महासचिव ललित वि.क. ले गरेका थिए । भक्तपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको चौतर्फी व्यापक विरोध सुरु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले इमानदारी पूर्वक ३ बुदे सहमति उलंघन गरे आफुहरु पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन भने ४ कम्युनिस्ट पार्टीले पनि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले ३ बुदे सहमति पालना गर्न चेतावनी दिएका छ्न ।

राजनीतिक विश्लेषक,नागरिक समाजका अगुवा ,स्वतन्त्र ,बाम बुद्धिजीवी हरुले पनि शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको विप्लव नेकपा लाई सरकारले जिस्क्याउन नहुने तर्क गरेका छ्न साथै उनिहरुले हिसांको सिर्जना सरकारले गरिरहेको र समयमै सरकार गम्भीर नभए देश द्वन्द्वमा फस्ने चिन्ता व्यक्त गरेका छ्न ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।