१५ बैशाख २०८१, शनिबार

एमसीसीका कट्टर विरोधी महरा हाजिरी जमानीमा रिहा

0

काठमाडौँ । नेपालमा एमसीसी परियोजना भित्रिन खोजेपछि खरो विरोधमा उत्रिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरामाथि बेला –बेला आरोपहरु लाग्ने गरेका छन । सुरुमा महरामाथि रोशनी काण्डको आरोप लगाएर पदच्युद गरियो भने अहिले सुनकाण्डको आरोप छ ।

एकथरीले एमसीसीको विरोध गरेकै कारण महरालाई राजनीतिक पहुचबाट गिराउन विभिन्न आरोपहरु लगाउने गरिएको बताउने पनि गरेका छन । पछिल्लो समय उपाध्यक्ष महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको थियो ।

उनी शुक्रबार हाजिरी जमानीमा रिहा भएका छन । उनी यसकाण्डमा के कति दोषि छन ? भन्ने कुरा अदालतले प्रमाणीत गरला । तर यत्ति भन्न सकिन्छ कि उनी राष्ट्रवादी हुन भने अमेरिकी सामाज्यवादी विरोधी पनि हुन । उनीमाथि त्यसैकारण पनि विभिन्न षड्यन्त्रहरु हुदै आएका छन ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा उनका जेठा छोरा निर्मल महराको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले बताएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्था पनि विग्रिदै गएकाले हाजिरी जमानीमा छाडिएको बताए । रोल्पा जान हिडेका उपाध्यक्ष महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । यसअघि पनि महरालाई रोशनी शाही माथि यौन दुरव्यहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।

त्यतिवेला महरा वाहलवाल सभामुख थिए । सभामुखको हैशियतले एमसीसी सदनमा टेवुल नगर्ने अडान लिएपछि उनलाई फसाउन रोशनी काण्ड शुनियोजित रुपमा लगाईएको केहीले बताउने गरेका थिए । अदालतले भने रोशनी काण्डमा महरालाई दोषि नभएको भन्दै सफाई दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।