
काठमाडौं। चार दल सम्मिलित समाजवादी समाजवादी मोर्चा नेपाल, अछामको दोश्रो बैठक बसी विभिन्न निर्णय गरेको छ। आइतबार मंगलसेनमा मोर्चाका संयोजक लोकेन्द्र सीको अध्यक्षतामा वसेको बैठकले सबै स्थानिय तहसम्म मोर्चा विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकमा मोर्चाका सदस्य सचिव निर्मल सी, नेकपा (एस) का योगेन्द्र बहादुर बिष्ट,जयन्ती देवी बोगटी, नेकपा (माओवादी केन्द्र) का रविन्द्र साउद,शिव बोगटी, आमन्त्रितमा नेकपाका जिल्ला समिति सदस्य कुमार सी, नेकपा (एस) का कमलराज अधिकारीको सहभागिता रहेको थियो ।
समाजवादी मोर्चाको बैठकले कमलबजार नगरपालिकामा चैत्र २१ गते मोर्चा घोषणा गर्ने तत्पश्चत मोर्चाको अन्तरक्रिया गर्ने निणर्य गरेको मोर्चाका सदस्य सचिव निर्मल सीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्