नेपाल कम्युनिस्ट पार्टी आठौं केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठक २०७८ साल चैत्र चार गतेदेखि तेह्र गतेसम्म चल्यो । कपिलवस्तु शिवगढीस्थित पार्टी कार्यालयमा कम्युनिस्ट सभ्यता र भव्यतापूर्वक सम्पन्न बैठकमा उच्च जनवादी बहस पश्चात् निस्कर्षमा के कारण पार्टीमा एक ढिक्का एकता पैदा भएको थियो ? र बाहिर के के प्रचार भयो ? के के खिचडी पाक्यो ? कस्कसलाई आनन्द दिलायो ? कस्कसलाई दुखी तुल्यायो ? रणनीतिक महत्वको राजनीतिक मुख्य कार्यनीति जनमतसंग्रह अनि क्रान्तिकालमा भैपरी आउने कार्यनीति चुनाव (बहिस्कार खारेज उपयोग वा प्रयोग) कै कारण एकीकृत जनक्रान्तिको कार्यदिशा सारसंग्रहवाद, जुझारु अर्थवाद ,अनि पार्टी महासचिव क. विप्लव अल्पविध्या भयंकर हुंदै संसदीय संशोधनवादी अनि सिसिएमहरु दास भएकै हुन त ? या हावाको लाग्ने पाल मुढाको ढल्ने पाल भने झैं पार्टी फुटाउने र अरु कसैलाई रिझाउने दाउ कुरुवाको उचित अवसर हो ? १८० डिग्रीमा फर्केर निचताको पराकास्टामा गिरेर आरोप अनि सत्तोसराप साथै निर्दोस युवा सोझा कार्यकर्तालाई पदीय प्रलोभन झुटको खेती अनि सुगा रटाईको अभ्यास, आफ्नै बौद्धिक पहिचानयुक्त साथै सम्मानयुक्त शाख नै गिर्ने प्रकारका लेखहरुले कतै यही अनुमानलाई त सावित गर्दैन ?! यो कतै ब्वासो प्रवृति त होईन ? जसले कमलो स्थानमा कन्याउदै मुसार्दै मुटु चिथोर्ने गर्छ ।
यिनै प्रसङ्गको वास्तविकताबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
पार्टीको बाह्रौं पूर्ण बैठकमा वास्तवमा के भएको हो ? रौंलाई चिर्दा पूर्व र पश्चिम दिशा नै बन्दो रहेछ । अहिले यस्तै भैरहेको पाइन्छ । अर्थलाई बङ्ग्याएर अनर्थ बनाएर छरपष्ट पारिएको छ । जानीमानी आएका हाम्रा नेता अनि सहयात्री कमरेडहरु यति हददर्जामा गिरिहाल्लान् भन्ने नलाग्नु हाम्रै पनि सोझैपन होला । तर एउटा नेपाली आञ्चलिक उखान छ, मेरी आँसी कहाँ लाग्छ मेरै केराको गोदामा भने झैं वर्गसंघर्षमा चार पाथी छेर्ने, चक्कराएर सोत्तर बन्ने र बनाउने अनि घरकलह मच्चाउने ?! यी र यस्तै निम्छरो प्रवृति नेपाली समाजमा पाईन्छ नै । त्यसकै प्रतिबिम्ब पार्टीमा पर्नु पनि स्वभाविक नै होला ।
खास कुरो : चैत्र ४ गते हामी पार्टी मुख्यालयको आधिकारिक सूचनानुसार सम्पर्कमा पुग्यौं । कार्यक्षेत्र हुँदै बैठक स्थलसम्म सन्ध्या भाषामा गाइयगुइय कुरा कानमा बतास झैं लाग्ने गरिरहेकै थिए । पार्टीले चुनावमा भाग लिने हो र दाइ ? चुनावमा नजाने भन्नू है आदि । बिना निक्र्यौंल किन त्यसो होला र ? उसो भए बैठक बोलाउनुको औचित्य नै के रह्यो र ? धरातलीय यथार्थ केन्द्रीय कार्यालयको सूचनालाई मिलाएर अध्ययन अनुसार म मेरो मत जाहेर गर्नेछु ! होहल्लामै र कसैले कान फुकेकै भरमा मेरो धारणा बन्दैन ! किनभने मानिसले अनेक स्वार्थमा कान फुकेको पनि हुन सक्छ । साईडबाट धारणा बनाउनु भनेको क्रान्तिकारीको लागि सुसाईडको सिकार बन्ने तरिका हो । मैले यस्तै भनिरहे । साथीहरुले पार्टी संसदवादी हुँदैछ को आसय दिन्थे । मलाई विश्वास लाग्दैनथ्यो । मैले क्रान्तिकारी पार्टी, नेतृत्व टिमको वकालत दह्रै गर्थे । सबै कमरेडहरुसँगको भेटको आनन्द बेग्लै खालको हुनेगर्छ । तर गह्रौं गह्रौं छ वातावरण । कारण के होला ? प्रस्ताव हात हात पर्यो । सर्सर्ती पढ्दा प्रष्ट कारणसहित चुनाव प्रयोग गर्ने तत्कालीन कार्यनीति । मेरो दिमागमा दुई प्रश्न जन्मिए । पहिलो केही दिन अगाडि पार्टी सचिवालयको बैठक बसेको थाहा छ तर दस्तावेज बाहिर किन गयो ? यो त केन्द्रीय समितिको अपमान नै हो । बहसको अधिकार हनन् गरियो । बहसलाई रचनात्मक होईन ध्वंशात्मक बनाउने र बितण्डता मच्चाउने छल देखा पर्यो । साथीहरुले पढेरै वा कोचिन्ङमा परेरै कुरा गरेका रहेछन् बा ! दोस्रो ठोस वस्तुको ठोस विश्लेषण अनुसार चुनाव प्रयोग गर्नु ठिक हुने प्रस्ताव ! यस सवालमा पार्टी दर्ता गरेर हो कि ? मोर्चा निर्माण र दर्ता गरेर हो कि ? स्वतन्त्र प्रतिनिधि पठएर ? ठोस नदेखेपछि बहसमा भाग लिनु पर्ने भयो । तेस्रो पार्टीमा कहिले मेल कहिले बेमेलको अनुभूत त भैहाल्छ ! केही सूचना र केही बजारु हल्लाभित्रका प्रश्न पार्टी कमिटीमा आधिकारिक रुपमा राख्नु र तथ्य र तर्कमा आधारित अन्तर्संघर्षको विधिअनुसार प्रष्ट हुनु र आरोप पुष्टि भए सम्बन्धित कमरेडलाई रुपान्तरित हुन मद्दत गर्नु क्रान्तिकारीको दायित्व हो ।
बैठक मर्यादित रुपमा शुरु भयो । पुरक प्रस्ताव महासचिव क. विप्लवद्वारा वाचन गर्ने काम भयो र प्रस्तावको स्प्रीट राख्ने काम भयो । उच्च जनवाद प्रयोगका लागि बैठकका अध्यक्षले आव्हान गर्नुभयो किनभने मार्क्सवादको मान्यता स्वच्छ र उच्च जनवादको जगमा केन्द्रीयता जन्मिन्छ अनि हाम्रा आंशिक चिन्तन प्रणाली समग्रमा रुपान्तरण हुन्छन् जसको अभिव्यक्ती पार्टीले गुणात्मकता हासिल गर्छ र कार्यान्वयनमा एकरुपता साथै उच्च ताकतबाट पैदा हुने परिणाम हात पार्छ । यसले सदैव गौरवपूर्ण उत्साह पैदा गर्दछ । एंगेल्सका अनुसार कुनै पनि वस्तुको प्रकटसँगै पतनको अनिवार्य शर्तलाई रोक्ने एकमात्र उपाय हो , निम्नस्तरदेखि उच्चस्तरसम्म निरन्तर विकास गर्नु ।
महासचिवले पेश गरेको पुरक प्रस्तावमा तल वा माथिबाट ? भन्ने विधिमा पनि सामान्य मत जाहेर भए । माथिबाटै प्रस्ट राख्ने काम भयो । मत विमत हुँदै गयो । महाधिवृशनको मुल प्रस्ताव तयार भैसकेको तर विविध कारणबस उक्त महाधिवेशन हुन नसकेको अवस्थामा भैपरी आईलागेको स्थानिय चुनाववारे पुरक प्रस्ताव पेश भएकोले यो विषयलाई छलफलद्वारा तत्कालीन अवस्थामा एउटा तरिका अख्तियार गर्नै पर्थ्यो । विगत झैं बहिष्कार, खारेजी वा उपयोग ! तर परिस्थिरिको बदलाव अनुसार नयाँ प्रयोगको प्रस्ताव आयो । यी सब कार्यनीतिक नीतिहरु हुन् नै ! रणनीतिलाई सेवा गर्ने हदसम्म जुन तरिका पनि अपनाउन सकिन्छ । बहसको भित्री चुरोमा एउटै धार नभएको कुरा परिणामले पुष्टि गरेकोछ । बरु तीन धार देखा परे । पार्टी क्रान्तिको रक्षा र विकासका लागि चुनावको नयाँ प्रयोगको प्रस्ताव । निशर्त बहस पार्टी नै दर्ता गरी चुनावमा जाँदा कतै पार्टी क्रान्ति बर्बाद त हुने होईन ?, शर्तबद्ध बहस पार्टी फोर्ने उचित अवसर यही हो । नजर जुधाए पनि , आधा मत मर्काएर भए पनि हिसाब सार्बजनिक । अल्पमत बहुमतको लाइभ प्रसारण । हाय ! पार्टीभित्रको अन्तरब्यक्ति अरुपान्तरित अहंकारी सामन्ती तुष !
अत्यन्तै उच्च र सशक्त तार्किक बहस साथै एकल छलफल सल्लाह सुझाव वास्तविकताको सजिव सूचना आदानप्रदान पश्चात निस्कर्षमा पार्टी दर्ता नगर्ने तर स्वतन्त्र रुपमा जनवादी प्रतिनिधि चुनावमा पठाउने एमसीसी विरोधी राष्ट्रवादी शक्तिहरुलाई समर्थन गर्ने । केन्द्रीय स्तरमा कुनै पनि पार्टीसंग कार्यगत एकता वा पुच्छर नबन्ने । स्थानिय तहले आवश्यक्तामा निर्णय गरे अनुसार एक ढिक्का भएर जनतामा जाने एमसीसी लगायत दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने । एमसीसी पक्षधर शक्ति व्यक्तिलाई भोट नहाल्न र भोट नै हाल्ने भए स्वच्छ छवि भएका स्वतन्त्र व्यक्तिलाई हाल्ने । भन्नुको मतलव एमसीसी विरुद्ध बहिस्कार नै हो वा जनपक्षिय प्रयोग नै हो । एकमतले प्रस्ताव पारित भयो । कर्तलध्वनी ताली । गगनभेदी नारा । वाद विवाद संवाद । निष्कर्ष पार्टी दर्ता गरेर चुनावमा नजाने तर स्वतन्त्र प्रयोग गर्ने । बहसपछिको निस्कर्षले आनन्द दियो । एकमत भयो । यही हो रुपान्तरण । खेल खत्तम । चितवनमा केन्द्रीय स्तरको प्रशिक्षण भयो । बैठकको बहस लाइभ गर्ने जस्तो निच हर्कतका कारण तरंग पैदा भएकै थियो । विस्वास पैदा गर्नका लागि होला, सचिवालयका कमरेडहरुले गुहे खोलेर प्रशिक्षण राख्नु भयो । हामी फड्के किनारका साक्षी छौं । दूध कहाँ पोखियो भातैमा भन्ने सहजतामा हामीले ग्रहण गर्यौं । सहभागिहरुबाट पनि खासै प्रश्न उत्तर भएन । शानदार भयो प्रशिक्षण । तरंगपछि अनेकरंग र भरंग हुन्न भन्ने महसुस भयो । आ-आफ्नो कार्यक्षेत्रमा पुग्दानपुग्दै क. सुदर्शनको अन्तर्वार्ताले गंभिर्यता पैदा गरिहाल्यो । बैठककमा राखेको र टिभिको अन्तर्वार्तामा राखेको विषयमा आनकोतान । काठमाडाैँमा खिचडी पलपल पाकिरहेको खबर सवार । क. कन्चनको लेख । जनआस्थाको समाचार । अर्कोतर्फ जिल्ला जिल्लाको बैठक बस्दा पार्टीको बहस र निस्कर्षमा केन्द्रीय समितिले स्यावासी पाएको थियो । तर जिम्मेवार कमरेडहरुको अराजक गतिविधिले पार्टीमा संकट पैदा भएको महसुस गरी हामी केही साथीहरु क. कन्चन र क. सुदर्शनकोमा डेलिगेशन गयौं । पार्टी संसदवादी पनि हुन हुँदैन र यही निहुँमा पार्टी फुटाउने काम त किमार्थ गर्नु हुँदैन । क. कन्चन तपाईप्रति सबै कमरेडहरुको सम्मानभाव छ । प्रभावमा नपर्नुहोस भन्यौं । यो पार्टी फोर्ने कुरा होईन भन्ने विस्वास दिलाउनु भयो । क. सुदर्शनले मैत्रीपूर्ण विषयलाई दुश्मनीपूर्ण बनाउनु भयो । यो अराजकता हो । यसले एकताको र उत्साहको सन्देश दिदैन भन्यौं । दुबैले पार्टी नफुटाउने बचनबद्धता जाहेर गर्नु भयो । तर एकपछि अर्को फुटवादी गतिबिधी देखा परे । अन्ततः समानान्तर पार्टी हेडक्वाटर खडा गर्ने काम प्रष्ट देखा परेपछि सबैको सल्लाह लिएर क. कन्चन र क. सुदर्शनलाई पर्टी हेडक्वाटरले पद मुक्त गर्नु पर्ने बाध्यता भयो । पार्टीको अनुशासन र केन्द्रीय समितिको विश्वास मानेको भए क. कन्चन र क. सुदर्शन अन्यायमा परेको पुष्टि पेश गर्दा केन्द्रीय समितिले न्याय अवश्य दिन्थ्यो । बिडम्बना ! खासखास पूर्व तयारी अनुसारका कमरेडहरुसंग भेट वा फोनमार्फत हेडक्वाटर नै दोषी, आफुहरु पानीमाथिको ओभानोको खेल खेलियो । बिषयान्तरको लागि यति दह्रो पूर्व तयारी रहेछ भन्ने कुरा आजसम्मका लेखहरु र प्रशिक्षण र ब्यक्तिब्यक्तिहरुसंगका अभिब्यक्तिहरुले प्रष्ट पारेका छन । अमुक कमरेडका लेख अनुसार आठौं महाधिवेशनको संश्लेशनदेखि नै पार्टी नेतृत्व र कार्यदिशा गलत थियो रे । उसोभए किन फरक मत दर्ज नगरेको ? के कारण जानीजानी गलतमा हिडेको जेलनेल किन भोगेको ? अझ क. किरणसंगको सम्बन्ध बिच्छेद भावनात्मक रे ! जन्मजात सैद्धान्तिक मान्छे के स्वार्थले फगत भावनाको पोखरीमा डुबुल्की मारेको ? यस्तो तर्कले आनै शाख गिराउने काम गर्दछ । आनकोतानले जति छोपे पनि सत्तोसराप सहित पछि फर्काई पो देखियो त ? अमुक कमरेडको लेख अनुसार बालेनहर्कहरुको क्याटाग्रोरीमा विप्लवलाई दर्ज गरिहाल्नु भएछ । वालेन र हर्क किन उदाय ? त्यो त हामीले भन्दै आएको दलाल दलहरुको असफलताको छिटफुट परिणाम होईन र ? समाजले नायक त चुनिहाल्छ नि त्यसलाई नकारात्मक रूपमा उछाल्नु भन्दा बरु हामीले त्यो वेभ समात्न नसक्नुमा आत्मससमीक्षा गर्ने कि ? क कन्चन लगायतले एकीकृत जनक्रान्तिलाई सारसंग्रहवादी कार्यदिशा भन्दै सुगा रटाउनु भएको छ । तपाईहरु समेतकै नेयृत्वदायी प्रशिक्षण स्कूलिङ्ग र एकिकृत जनक्रान्तिमा पहलकदमीका कारण बाह्र जना सहिद भैसकेपछि यसो आरोपित गर्नु सिद्धान्तनिष्ठ कुरा हो कि बेईमानी ? क. सुदर्शनले त प्रचण्डसंगै हुँदा एकीकृत जनक्रान्ति सारसंग्रहवादी कार्यदिशाको नामाकरण गरेको लेख पढ्न सकिन्छ । पछि पार्टीमा आएर मैले बुझिनछु तपाईहरुले धेरै राम्रो बिकास गर्नु भएछ, प्रचण्डलाई तपाईहरुले बेलैमा बुझ्नुभयो र बिद्राेह गर्नुभयो मैले ढिला बुझेर ढिला बिद्राेह गरे भन्नुभयो धादिङ्ग कुम्पुर बैठकमा । के अहिले त्यसैको यान्त्रिक नक्कल ? के क. कन्चनले क. सुदर्शनको नबुझेको बुझाईमा हाम फालेको ? क. किरणले एकीकृत जनक्रान्तिको कार्यदिशावारे टिप्पणी गर्दै तपाईहरुले संश्लेषण गरेका कुरा शंकाको रुपमा सार्वजनिक गरिसक्नु भएको छ त ? अनि के भयो त तपाईहरुले फुटको औचित्य पुष्टि गर्ने नयाँ विकास र सही र सच्याउन लायक आरोप ? यो त क. किरणकै लेखलाई भेलाबाट पास गर्ने काम मात्र भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा पछिल्लो समयमा जनयुद्धको नेपालमा प्रयोग प्रचण्ड र जनक्रान्तिमा एकिकृतको प्रयोग विप्लवबाट नै गरेको कुरा आज निदर्शन (मझयलकतचबतष्यल) भैसकेको छ । यी दुई शब्द जोड्नु भन्दा अरु नयाँ खोज त देखिएन । समग्र युद्ध त जनयुद्धमै भनिएको हो । बरु शुन्यवादी ग्रहण लाग्ने खतरा एकीकृत जनयुद्धको फौजी कार्यदिशामा देखिन्छ । त्यतिमात्र नभएर यो जडता र यान्त्रिकतामा फसेको देखिन्छ । यसको आनुवंषीय जीन ईतिहासतिर फर्केको छ । यसले बिसर्जनको संकेत गर्दछ । यसको वर्तमान र भविष्य खै ? अतिततिरको यात्रा भनेको अन्ततः पलायनता ठहर्दछ । के विप्लव र प्रकाण्डलाई हिलो छ्याप्ने उद्येश्य मात्र आधारित छ त यो ? यसमा निर्दोस युवा कमरेडहरुलाई झुक्क्याएर गुमराहमा पार्ने काम भएको छ । क. विप्लवको सुनियोजित रुपमा छाला काढेर धुँवा उडाउकाली नुको पछाडि संसदीय संशोधनवादी भएर होइन कि कसलाई रिझाउन स्पेश मागिएको छ ? समयले पुष्टि गरिहाल्ने छ । पार्टी फुटलाई विज्ञानको आँखाले हेर्दा पार्टीभित्रका मानिसको बुझाई र प्रवृति मिलेकै छैन अनि के फुट्छ ? क. सुदर्शनको पार्टी फरक थियो । के मैले क्रान्तिमा समर्पित हुन नपाउने भनेर रुपान्तरणको विस्वास दिलाउदै एकीकृत जनक्रान्तिमा समाहित हुनुभयो । त्यो राम्रो कदम थियो । परन्तु , पटकपटक सहृदयी सल्लाहसुझाव दिदादिदै पनि उहाँले अनेक प्रकारका बिपरितमा पसेर गुट निर्माण गरिराखेको छर्लङ्गै थियो । उहाँलाई मियाँकी जुत्ति मियाँकी शिरपर आईनलागेमा मुनाफा भएको छ । कतै भन्नू भएको रहेछ । मलाई पैसा चाहिएको छ , एकिकृत जनक्रान्ति राम्रो छ एकाध समय त्यता लाग्छु । स्यावास कमरेड ! नोकरशाह बनेर मुनाफा कुम्ल्याएर निस्कनु भयो । जुझारु अर्थवादको बिरोध गर्नु राम्रो हो तर आफु त्यही रोगको सिकार अनि संस्थागत प्रणालीलाई आरोप ? तथ्य सहित खबरमा , फलाना जिल्लामा कार्यक्रम छ हामी क्रान्तिकारीलाई सहयोग गर्ने भए गर नत्र मोसो दलाउछु रे ! के सिकाएको ? वास्तवमा आनो ध्याउन्न रकममा हुने बाठो बनेर विषयान्तर गर्न संगीलाई आरोपित गरिरहने चिन्तनलाई अर्थवादी चिन्तन भनिन्छ । अहिले राजबन्दी कमरेडहरुसंग समेत बकम्फुसे भ्रम दिन पछि पर्नु भएको रहेनछ । फलानाहरु खरिद भए भनेर । क. कन्चनको अन्तर्वाताले पनि यो बतायो । क कन्चनप्रतिको सादगी धरणाको मुना मुर्झाईरहेछ उहाँकै ब्यहोराले । तपाईहरुका केही कार्यकर्ताहरुबाट बहुमतमा आउ ऋृण तिर्दिन्छौंको प्रमाण साँछी छन् । कहाँबाट आयो ऋृणतिरिदिने रकम ? गजब छ बा ! यी सब गैर तरिका छोड्न प्रेरित गर्दा राम्रो हुन्थ्यो । बरु खेत जोत्नु अन्न फलाउनु दिगो टिक्ने कम्युनिस्ट बन्नु उत्तम कुरा हो । तथ्य बिना भ्रमित पार्न सिपालु तपाईहरु कति मनोगत हगि ? आखिर तपाईहरु को हो ? हाम्रो पनि अनुसन्धान हुने नै भयो । किनभने नेपाली कम्युनिस्ट आन्दोलन आफुलाई धुरन्धर सिद्धान्तकार पढालेखा बिद्वान भन्नेहरुबाटै जडता र यान्त्रीकताको या दशिणपंथी सुधारवादको शिकार बनेर टुटफुट र गुटको खेलको चक्करले नेपाली जनतालाई आजित पारेकै छ । हर वस्तुलाई द्वन्द्वात्मक बैज्ञानिक भौतिकवादी दृष्टिकोणले अध्ययन गर्नै पर्ने हुन्छ । तपाईहरुको निम्न पुँजीवादी अधैर्यतालाई राम्रैसंग पहिचान्दैछौं । तपाईंहरुले सम्मानित र निष्ठावान क्रान्तिकारी केन्द्रीय समितिको मुल प्रवाहलाई मध्यमार्गी भन्नू भएको छ । अनि हारेको जुवाडेले निामा बर्बाएर मार्आ मार्आ भनेर चित्त बुझाए झैं पाँच पूर्ण सिसिएम + छ बैकल्पिक सिसिएम = एघार जना सिसिएमको बहुमत कसरी पुष्टि गर्नु हुन्छ ? । ल ४५ मत पार्टी दर्ता गरेर चुनावमा नजानेको पक्षमा थियो । पार्टी दर्ता भएन त ? अनि के कारण पार्टी फुटाएर गाईजात्रा गरेको ? ४५११= ३४ मत मोर्चा दर्ता गर्न सकिने तर पार्टी दर्ता गर्नु बिध्यमान परिस्थितिमा घातक हुने भन्नेमा हो । हेक्का रहोस , पार्टी फुटको त झनै यो मत सक्त बिरोधी हो । बरु पार्टीमा मैत्रीपूर्ण संघर्ष रुपान्तरण एकता र क्रान्तिको कार्यभार कार्यान्वयनमा दृढ मत हो । यो एकीकृत जनक्रान्तिको कार्यदिशा नेतृत्व ,जनता र राष्ट्र बिरोधी मत कदापी होईन । दुश्मनलाई आनन्द दिलाउने प्रकारको गतिबिधि किमार्थ गर्दैन यसले । अनि तपाइहरुको कसरी बैचारिक बहुमत भयो ? तपाइहरुको उद्देश्य अनुसार विप्लववाट र ४५ मतबाट पनि अलग्गिनु भएको छ । तपाईहरु त सर्वाधिक अल्पमतमा पर्नु भएको छ । अल्पमतमा कैयौं सत्यता होलान , यही कुरा मात्र स्वीकार्नु ठिक हुन्छ । जहिलेसम्म बहुमत शब्द लेखिरहनु हुन्छ ,नेकपा बहुमत हाँस्यास्पद भैरहन्छ । बाँदरले झैं विप्लवको जुम्रा केलाउनु भन्दा आनो यो गल्ती सच्याउने आँट र ईमान्दारिता देखाउनु भयो भने महानता ठहर्नेछ । र साँच्चिकै विप्लव संसदीय संशोधनवादी र तपाईहरु अब्बल क्रान्तिकारी नै पुष्टि भयो भने तपाइहरुकै नेतृत्वमा नेपालमा क्रान्ति सम्पन्न हुँंदा त्यो क्रान्ति अछुत हुनेछैन । हामी मध्यमार्गीहरु फुलमाला लिएर गेटमा भेटेर माफी मागौंला । हैन भने क्रान्ति कुनै व्यापार होईन , यतिछिटै संगीसाथीहरुलाई माल ठान्ने भूल नगर्दा बिबेकपूर्ण सुद्धी ठहर्नेछ र सम्मानको पर्खाल ढल्नेछैन । यतिमात्र हो की राजनीतिमा काटाकाट र चाटाचाट चल्छ भन्ने बुझेमा आग्रहपूर्वाग्रहको गैरकम्युनिस्ट सुकेनाश हट्नेछ । तपाईहरुको पार्टी फुटाउने दाउ खोजाई रहेछ , हाम्रो त्यो त कल्पना पनि होईन र संसदवादमा पार्टी फस्लाकी भन्ने चिन्ताको साथ लगाममात्रकोलागि बहस मतमतान्तर खबरदारी हो तर नेतृत्वलाई हातखुट्टा बाँधिदिने पनि होईन । बरु तपाईहरुमा हलो अड्काउने र गोरु पिट्ने क्रोनिक प्रबृतीको पुनराबृत्ति भएछ भन्ने कुरा फुटवादी कदमले पुष्टि गर्यो । त्यसैले पुनर्विचार गरी फरक मत दर्ज गर्ने र बैज्ञानिकताले जित्नुमा नै हित हुनेछ । एकीकृत जनक्रान्तिको बैज्ञानिकतालाई तथ्य र तर्क सहित शानदार पुष्टि गर्न सकिन्छ । क. सुदर्शनले एकीकृत जनक्रान्ति असान्दर्भिक भन्नै सक्नु भएको छैन । दर्शनमा पार्टी सजातिय बिपरितको एकत्व मैले भनेको भन्नु भएको छ । मार्क्सले ……… मुख्य कुरा बदल्नु हो भन्ने कुरालाई पनि बदलेर मात्र हुदैन बदलिएको सत्तालाई रक्षा र विकासका लागि अधिनायकत्व चाहिने मार्क्सले भन्नू भएको कुरा पनि प्रशिक्षणमा दोहोर्याईरहनु भएको छ । अनि के फरक भयो । अर्को कुरा क. दिपकले जनयुद्ध शब्द लेख्दा के बिग्रन्छर भनिरहनुहुन्थ्यो । पछि म क्लियर भए भन्नु हुन्थ्यो । अहिले एकिकृत जनयुद्ध यो कसको कुरा हो । क. कन्चनले दिपकलाई पहिलेदेखि भनिराख्न अह्राएको कि क. कन्चन प्रभाबित भएको ! गडबडी खायो लाईन र लिडरशीपमा बिबाद देखिन्छ नि । अन्तमा एकीकृत जनक्रान्तिको हकमा रिचर्ड फिनम्यानको भनाइ सान्दर्भिक देखिन्छ , उनका अनुसार यदी डाल्टनको परमाणु सिद्धान्तलाई छोडेर बाँकी सम्पूर्ण ज्ञान विज्ञानलाई नष्ट गरियो भने पनि केही फरक पर्दैन । किनभने यो सिद्धान्तको आधारमा फेरि सबै निर्माण गर्न सकिन्छ । यो भनाईले के पुष्टि गर्दछ भने समाज बिज्ञानको क्षेत्रमा नयाँ खोज साबित भैसकेको छ एकीकृत जनक्रान्तिको कार्यदिशा । अनि कसरी कल्पना गरौं र आरोपित गरौं , क. विप्लव संसदीय संशोधनवादी भए भनेर ! देशी बिदेशी जनबिरोधी शासक प्रशासकले हेर्ने दृष्टिकोणले पनि प्रष्ट पारिसकेको छ र फुटवादको रोगले च्याप्दा र क्रान्तिबाट पलायन हुँदाको बिछिप्त आरोपलाई क्रस गरिसकेका छन र क्रस गर्दै जानेछन घटनाक्रमहरुले । बरु आरोपले फुटवादी निहुँलाई नै पुष्टि गर्दछ । हामीले भने बाठो अवसरवादलाई राम्ररी चिन्न सकियो ! भावनात्मकतामा मात्र अल्झिएर के पाउँनुछ र ! महान सहिद बेपत्ता घाईते योद्धा इमान्दार , त्यागी जनयोद्धाको सामु भागिजाने साथीको मायाले उनीहरुप्रति नै दया र घृणा नै पैदा गर्ने खतरा आईलाग्दोरहेछ उनीहरुकै भ्रमपूर्ण मनोगत सार्वजनिक अभिब्यक्तिले । छली आबेगी आग्रही पूर्वाग्रही होईन, बिबेकी बनौं ! कम्युनिस्ट रुपान्तरणको प्रवाहले विश्वमानवजातिलाई अवश्य आत्मनिर्भर अनि अन्तरसम्बन्धको उचाई प्रदान गर्नेछ ।