२० बैशाख २०८१, बिहीबार

छापा माध्यम बन्द भयो भने देश अन्धकार हुन्छ : डा. बालकृष्ण चापागाईं

0

छापा माध्यमका सञ्चारहरु बन्द हुँदै गएका छन् र बन्द हुने क्रम तीव्र छ । छापा माध्यम बन्द भयो भने देश अन्धकार हुन्छ । बिहीबार बुटवलमा जनप्रचार तथा प्रकाशन प्रा.लि.ले आयाेजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा मन्तव्य राख्दै राससका पूर्व प्रतिनिधि तथा सञ्चार विज्ञ डा. बालकृष्ण चापागाईंले साे विचार राखेका हुन् ।

नेकपाका स्थायी समिति अनिल सीद्वारा प्रस्तुत ‘वर्तमान राजनीतिक-आर्थिक संकट र त्यसमा सञ्चारको दुष्प्रभाव’ विषयक अवधारणापत्रमाथि आफ्नो टिप्पणी राख्दै चापागाईंले साे बताएका हुन् । चापागाईंले वर्तमान दलाल पुजीवादी व्यवस्थाबाट देशको राजनीतिक-आर्थिक समस्या समाधान नहुने भएकोले नयाँ विचार र नयाँ नेतृत्व आवश्यकता भएको दाबी गरे ।उनले सरकारका गलत नीति र व्यवहारको आलाेचना गर्ने सञ्चारमाध्यमलाई घेराबन्दी गर्ने गरिएको आराेप पनि लगाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।