३१ बैशाख २०८१, सोमबार

नेपालको राज्यसत्ता र अर्थतन्त्र दलालहरुको कब्जामा छ : नेता लोहनी

0

रसुवा – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य राजेन्द्र लोहनीले नेपालको राज्यसत्ता र अर्थतन्त्र दलाहरुको कब्जामा रहेको बताएका छन् । शनिबार समाजवादी मोर्चा नेपाल, रसुवाले कालिकास्थानमा आयोजना गरेको ‘समाजवादी अर्थ व्यवस्था र आर्थिक रुपान्तरणमा जनताको सहभागिता’, विषयक अन्तरक्रिया तथा सन्देश सभालाई सम्बोधन गर्दै लोहनीले नेपालको अर्थतन्त्र दलालहरुको कब्जामा रहेको बताएका हुन् ।

उनले दलाल पुँजीवादले नेपालको अर्थ व्यवस्था जकडिएको बताउँदै राज्यका निकायदेखि लिएर शिक्षा, स्वास्थ, आर्थिक, सास्कृतिक सबै क्षेत्रमा दलाल पुँजीवाद हावि हुँदा देश कंगाल भएको जनाए । ‘नेपालको सरकार ढाल्ने बनाउने, कसलाई सत्तामा लाने, कसलाई गिराउने सबै दलालहरुकै मुठिमा रहेको छ ।’, उनले भने, ‘नेपालबाट दलालहरुलाई परास्त गरेर समाजवादी व्यवस्थामा जान सम्पुर्ण कम्युनिस्ट, समाजवादी देशभक्त एक हुने दिन आएको छ ।’

लोहनीले नेपालमा दलाल पुँजीवादले निम्त्याएको संकटको अन्त्य गर्दै साम्राज्यवादी खतराबाट मुक्त पारेर समाजवादी व्यवस्थामा जान समाजवादी मोर्चा बनेको जिकिर गरे । ‘नेपालमा समाजवाद लागू गर्नका लागि अहिले अनकुल समय हो । अनकुल व्यवस्था पनि हो।’, उनले भने, ‘क्रान्तिकारी पार्टीले र सरकारले मात्र समाजवाद लागू गर्न सक्छ । अहिले यसको वातावरण मिलेको छ ।’

संसारमा दुईवटा व्यवस्था चलेको बताउँदै समाजवादी व्यवस्था उन्नत भएको दावि गरे । ‘दलाल पुजीवादी व्यवस्था र समाजवादी व्यवस्था विश्वमा चलेका दुईटा व्यवस्था हुन् । अमेरिकामा बसेर दलाल पुँजीवादले नेपाल लगायत विश्वभरी भुमन्डलीकृत रुपमा लुटिरहेको छ । यस्तै लुटाहा प्रवृत्तिका कारण अमेरिकी अर्थ व्यवस्था खतरामा छ । यो संकटमा छ । हामीले चाहने भनेको समाजवादी व्यवस्था हो । जसमा जनताका अधिकारहरु स्थापित हुन्छन् ।’

उनले समाजवादको न्युनतम कार्यक्रमतर्फ केन्दीत हुँदै समाजवाद र त्यसलाई उत्कर्षमा पुर्याउने माध्याम भनेको श्रोत साधनको समान वितरण भएको बताए ।
उनले भने, ‘बढी कमाउनेसँग बढी कर लिने र कम कमाउनेलाई राज्यले व्यवस्थापन गरिदिने र तल्लो तहसम्म समानता कायम गर्नु समाजवाद हो।’ समाजवादका लागि कम्युनिस्ट समाजवादी देशभक्त एक भएर दलाल पुँजीवादलाई परास्त गर्नुपर्ने धारण राखे ।

नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथि रहेको कार्यक्रममा समाजवादी मोर्चा नेपाल, रसुवाका संयोजक शिव लामिछानेको अध्यक्षतामा रहेको थियो । नेकपा केन्द्रीय केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सीले उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने फर्पु तेन्जिङलामाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम नेकपाका पोलिटब्युरो सदस्य आजात सी, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज कल्पना शर्मा, माओवादी केन्द्रका प्रदेश सांसद इन्द्रप्रसाद गौतमले आफ्नो धारण रोेखेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।