७ जेष्ठ २०८१, सोमबार

महासचिव विप्लवलाई मधेस प्रदेशमा भव्य स्वागत

0

बर्दिवास – नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी मधेस प्रदेश पुगेका छन् । पार्टीको प्रदेश स्तरिय आन्तरिक प्रशिक्षणलाई सम्बोधन गर्न विप्लव मधेस प्रदेशको बर्दिवास आइपुगेका हुन् ।

मंगलबार महाेत्तरी जिल्लाको बर्दिवासमा हुने पार्टीको प्रदेश स्तरिय प्रशिक्षणका लागि विप्लव आज बेलुका बर्दिवास पुगेका हुन् । बर्दिवासमा स्थानीय जनताले खादा, माला र अविरले भव्य स्वागत गरेका छन् ।

पार्टीको पाँचौं पूर्ण बैठकले प्रदेश संरचना बनाएपछि देशभर प्रदेश स्तरिय प्रशिक्षण चलिरहेका छन् । भोलि हुने प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव, स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले प्रशिक्षण दिने बताइएको छ ।

प्रशिक्षणमा प्रदेशभरका जिल्ला कमिटी सदस्यहरुको सहभागिता हुने नेकपा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीले बताए ।  

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।