१० श्रावण २०८१, शुक्रबार

अनिल सीद्वारा राजविराज कारागारका बन्दीहरुसँग भेटघाट

0

राजविराज – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इन्चार्ज अनिल सीले सप्तरी जिल्लाको राजविराजस्थित जिल्ला कारागारमा रहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । उनले बिहीबार विहान आस्थाका बन्दी बच्चालाल सरदारसहित ४ जनासँग भेटघाट र छलफल गरेका हुन् ।

बन्दीहरूले भेट‌घाटको क्रममा ‘कारागारमा क्षमताभन्दा धेरै बन्दीहरू रहेको र कारागार व्यवस्था विभागको लापरबाहीको कारण ९० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरू समेत रिहा हुने अवसरबाट बञ्चित हुनुपरेको गुनासो गरेका थिए। भेटघाटमा नेकपा केन्द्रीय सदस्य किम सी, रामनाथ मण्डल र प्रदीप चौधरी पनि सहभागी थिए ।

सरदारलाई प्रहरीले २०७२ साल साउन ८ गते पक्राउ गरेको थियो । उनी तत्कालिन अखिल (क्रान्तिकारी)को जिल्ला संयोजक थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।