१२ श्रावण २०८१, शनिबार

पश्चिम ताम्सालिङ ब्युरोद्वारा केन्द्रिय कार्यालयलाई हाते ट्याक्टर हस्तान्तरण

0

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोका तत्कालिन पूर्व इन्चार्ज तथा पार्टी पिबिएम आजाद सीद्वारा हाते ट्याक्टर नेकपा केन्द्रिय कार्यालयलाई आज हस्तान्तरण गरिएको छ ।

नेकपा केन्द्रिय कार्यालयलाई उत्पादन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हाते ट्याक्टर हस्तान्तरण गरिएको हो । तत्कालिन पूर्व इन्चार्ज तथा पार्टी पिबिएम आजाद सीको नेतृत्वमा सिर्जन सी, प्रमोद सी, माइला सी लगायत कमरेडहरुद्वारा प्रदान गरिएको हाते ट्याक्टर केन्द्रिय कार्यालय हरिसिद्धीमा हस्तान्तरण गरिएको हो ।ट्याक्टर केन्द्रिय कार्यालयका मुनाल सीले बुझेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।