८ कार्तिक २०८१, बिहीबार

एनएमवि लघुवित्तको चरम शोषण,किस्ता गायव गरी महिलाबाट डबल असुली

0

बाँके । एनएमवि लघुवित्त वित्तिय संस्थाले बाँके र बर्दिया जिल्लाका स्थानीय महिलामाथि चरम शोषण गरेको तथ्य बाहिरिएको छ ।
लघुवित्त संस्थाले महिलाहरुमाथि लगानी गरेको क्रण असुल गरी सक्दा पनि फेरी पनि असुल नभएको भन्दै सोझा सिधा महिलाहरुलाई फसाईरहेको तथ्य बाहिरिएको हो । लघुवित्तको यस्तो कार्यको समूहमा बस्ने महिलाहरुले चर्को विरोध गर्दा पनि त्यसको सुनुवाई हुन सकेको छैन ।

पीडित महिलाहरुले आफूले लिएको क्रणको किस्ता तिरि सक्दा पनि क्रण तिर्न बाँकी रहेको देखाउदै टर्चर दिने गरेको र पैसा तिर्न ताकेता दिने गरेको गुनासो गरेका छन ।
महिलाहरुले आफूले तिरेको किस्ता रेकर्डमा नराखेर बिचमै गायब पारेको र किन यस्तो भयो ? भन्दा बाँकेको बनकटुवामा रहेको लघुवित्तको कार्यालयका कर्मचारी रिता थारु र सम्शेर नेपालीलाई नै सरुवा गरेको बताएका छन ।

पीडितहरुले एनएमवि लघुवित्तका कारण आफूहरु सडकमा पुगेको जनपत्रिकासंग दुखो पोखेका छन । पीडित महिलाहरुले आफ्नो घरबार विहिन हुने गरी लघुवित्तले चरम शोषणा गरेको गुनासो गरेका हुन ।

बाँसगढी नगरपालिका वडा नम्वर ६ की मनिसा चौधरीले आफूले लघुवित्तबाट २०७७ सालमा ३ लाख रुपैया ३ बर्षिय भाकामा मासिक १२ हजार ५ सय किस्ता तिर्ने सर्तमा निकालेको बताईन ।

उनले त्यो रुपैया २०८० साल जेठ महिलासम्म ६ लाख भुक्तानी गरि सक्दा पनि अझै १ लाख १८ हजार वाँकी रहेको भन्दै लघुवित्तका कर्मचारीहरुले टर्चर दिने गरेको बताईन ।

उनले यही लघु वित्तका कारण आफू सडकमा भिकारी हुने अवस्था आएको तर्क गरिईन । पीडित मनिसाले लघुवित्तको ज्याजती विरुद्ध आवाज उठाउदा उल्टै १४ दिन प्रहरीले अभद्र व्यवहारको मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेको गुनासो गरिईन ।

पीडित मनिसा चौधरी

पीडित मनिसाले भनिन् ‘लघुविकका कर्मचारी रिता थारु र सम्शेर नेपालीले ९ महिला तिरेको किस्ता गायव पारे, संस्थाको रेकडमा राखेनन्,बिचमै उठाएर खाए वा के गरे थाहा छैन, मेरो १ लाख १२ हजार ५ सय रुपैया किस्ता तिरेको गायब भयो । पास बुक पनि गायव पारियो । यो किन भयो ? मेरो पैसा कहाँ गयो ? भनि बेला बेला बाँकेको बकटुवामा रहेको कार्यालयमा भने तर सुनुवाई भएन । अन्तीममा म जस्तै धेरै पीडित महिलाहरु एक भएर कार्यालय घेराउ गर्दा प्रहरीले मलाई पक्राउ गरी हिरासत पुर्याईयो र मुद्धा चलायो । ’

पीडित मनिसाले संस्थाको अत्याचारको विरोध गर्दा २०८० साल असार २६ गते पक्राउ परेको र साउन ८ गते रिहा भएको बताईन । उनले लघुवित्तका कारण नावालक छोरा छोडेर श्रीमान साउदी गएको र आफूलाई प्रहरीले १४ दिन हिरासत राख्दा बच्चाको समेत विचल्लित भएको दुखेसो पोखिन । उनले आफू अन्यायमा परेको भन्दै न्यायका लागि सबैमा अपिल गरिन् ।

मनिसा जस्तै उनका गाउँका करिव १ दर्जन महिलाहरु यस्तै पीडित भएका छन । उनीहरु एनएमवि लघुवित्तको चरम शोषणका कारण आत्महत्या गर्ने अवस्थामा छन । ‘सबैको अवस्था भिकारी हुदै सडकवास भएको छ’ अर्का पीडित गिता थारुले भनिन् ।

वाँसगढी नगरपालिका वडा नम्वर ४ की गिता थारुले भनिन् ‘संस्थाभित्र नै केन्दमा संकट छ, घाटामा छ भन्ने सुनेको छु, त्यसै भएर हामीबाट शोषण गरिएको होला । यो गरिबहरुको हितमा होइन निश्चित दलाल र बर्गकोे हितमा लघुवित्त चलेको जस्तो लाग्यो । हाम्रो घरबार विहिन छ, ठगेको ठगै छ, सरकारले पनि ठग्ने लाईसेन्स दिएको छ , यो बन्द गरिनुपर्छ ।’

गिताले संस्थाबाट २०७७ सालमै ३ लाख क्रण निकालेको र अरु सबै तिरेर १ लाख २० हजार मात्र तिर्न वाकी रहेको थियो । संस्थाले उनलाई भन्यो ‘१ लाख २० हजार तिर्नुहोस अनि ५ लाख लगानी गरौला ।’ त्यही लोभका कारण गिताले वाँकी रहेको क्रण तिर्नु भयो, तर संस्थाले क्रण लगानी गर्दा १ लाख ५० हजार मात्र गर्यो ।

पीडित गिताले भनिन् ‘आफूले निकालेको क्रणको सवै किस्ता तिरि सक्दा पनि अझै ४५ हजार तिर्न वाँकी छ भन्दै टर्चर दिने गरेको छ ।’
यस्तै वाँसगढी नगरपालिका ६ सतरिया की सारदा चौधरी पनि पीडित छन । उनले आफूले ३ लाख क्रण निकालेकोमा सबै किस्ता तिर्दा पनि ९८ हजार तिर्न वाँकी रहेको भन्दै लघुवित्तले सताउने गरको बताईन ।

यिनीहरु त एउटा पीडित प्रतिनिधि पात्र मात्र हुन । बाँके र बर्दिया जिल्लाका थुपै ठाउँमा महिलाहरु माथि एनएमवि लघुवित्तले चरम शोषणा गरेको समाजसेवि कामनाले बताईन । लघुवित्तका बनकटुवाका कर्मचारीहरुले भने यो विषयमा केन्द्रले छानविन समिति बनाएको र छलफल भइरहेको भन्दै आलटाल गरेका छन ।

एनएमवि लघुवित्तको अवस्था कस्तो छ ?

यो पोखरामा केन्द्रीय कार्यालय भएको वित्तीय संस्था ।

यसका शाखा कार्यालयहरु बाँके बर्दिया लगायतका जिल्लाहरुमा ।

महिलामाथि समूह बनाएर बचत गर्ने नाममा ठगी गर्दै ।

आर्थिक रुपले धरासय,चालु आवको तेस्रो त्रैमासिकसम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा ।

अघिल्लो बर्ष १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको ।

खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घट्दै ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक ।

संस्थाको कर्मचारी खर्च पनि १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा ।

अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गरेकोे ।

जनविश्वास घट्दै गएको ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।