२ कार्तिक २०८१, शुक्रबार

संकटको निकास राजावादी,बालेन,रवि र हर्कले होईन समाजवादले दिन्छः कलम सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कलम सीले अहिलेको राजनीतिक संकटको निकास राजावादी,बालेन,रवि र हर्कले दिने नभई नेपाली विशेषताको समाजवादले मात्र दिने ठोकुवा गरेका छन ।

नेपाल कम्युनिष्ट पार्टी दैलेख ठाँटीकाँध गाउँपालिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै केन्द्रीय सदस्य कलम सीले यस्तो ठोकुवा गरेका हुन ।

उनले भने ‘आफ्नो पार्टी जन्मिएदेखि नै जनताको अधिकार र देशको स्वाधिनताको लागि संघर्ष गरिरहेको छ । अहिलेको देशको निकास राजावादी,बालेन,रवि हर्कले दिन सक्दैनन् । यो असफल व्यवस्थामा जो गएपनि हुने यही हो । बरु नेपाली बिशेषताको समाजवादले देशको संकटको निकास दिन सक्छ ।’

उनले नेपालमा बैदेशिक हस्तक्षेप बढेको उल्लेख गर्दै पछिल्लो चरणमा अमेरिकाले एमसीसी मार्फत नेपालमा सेनाको उपस्थिति गराएर मुलुकको स्वाधीनतामाथि ठाँडो हस्तक्षेप गरेको टिप्पणी गरे ।

उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि अमेरिकी साम्राज्यवाद विरुद्ध चार राजनीतिक शक्ति कम्युनिस्ट ,समाजवादी ,देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एक हुनु पर्ने बताए ।

नेता कलमले यस्तै चार वर्ग मजदुर,किसान,मध्यमवर्ग राष्ट्रिय पुँजीपति वर्ग र ६ समुदाय ब्राह्मण, क्षेत्री,जनजाति ,श्रमिक समुदाय,मधेसी र मुस्लीम समुदायलाई एकताबद्ध गर्नु पर्ने बताए ।

आगामी निर्वाचनलाई पार्टीले एकीकृत जनक्रान्तिको मोर्चाको रुपमा प्रयोग गर्ने कुरा उल्लेख गर्दै उनले त्यसको तयारीमा लाग्न अनुरोध गरे । अखिल समाजवादीका केन्द्रीय समिति सचिव प्रकाश सी,नेपाल कम्युनिस्ट पार्टी दैलेका सेक्रेटरी प्रकाश सीको सहभागिता रहेको थियो ।
बैठक तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता महेस सीले गरेका थिए भने संचालन उदयराम सीले गरेको थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।