३१ भाद्र २०८१, सोमबार

नेकपाका प्रवक्ता प्रकाण्ड श्रममा व्यस्त

0

काठमाडौँ । जताततै रोपाईको लहर चलिरहेको बेला नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सी पार्टीको फरक कार्यमा जुटिरहेका छन् ।

नेकपा केन्द्रिय कार्यालय तथा बागमती प्रदेशको आयोजनामा पार्टीको आर्थिक नीति अनुसार कृषि र उत्पादनलाई जोड दिदै शनिबार काठमाडौँको काभ्रेस्थलीमा नेकपा स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डको प्रमुख उपस्थितिमा पोल्टी फार्म निर्माण गरिएको छ ।

नेकपा बागमती प्रदेशले  जग्गा भाडामा लिएर लगभग २००० क्षमताको  लोकल कुखुरा पालन गर्ने गरि पोल्टी फार्मको संरचना निर्माण गरिएको र उक्त पोल्टी फार्ममा एक हप्ताभित्रमा ८००-१००० कुखुराबाट व्यवसाय सुरु गरिने पार्टी प्रवक्ता प्रकाण्ड सीले जानकारी दिएका छन् । उक्त श्रम कार्यमा पार्टी प्रवक्ता प्रत्यक्ष रुपमा फिल्डमा खटिएर काम गरेका छन् ।

देशकै मुख्य राजधानी अथवा मुख्य केन्द्रबिन्दु, बजार र यातायातको सहज र सरल पहुँच  हुने हुनाले र लोकल कुखुरा पालनको लागि उपयुक्त स्थान भएको हुँदा फार्म यहाँ सन्चालनमा ल्याउन लागेको पार्टी प्रवक्ताले बताए ।

यो कार्य समाप्तिसँगै  १००० क्षमता बराबरको नयाँ पोल्टी फार्म पुन: निर्माण गरिने छ ।

उक्त पोल्टी फार्म निर्माण कार्यमा ३०-३५ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । लगभग दुई घण्टाको श्रम कार्यमा नेकपा काठमाडौँका जिल्ला सचिव चिरञ्जीवी सी,  अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी, श्रमिक मोर्चाका अध्यक्ष रामलाल सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको टिमसहित स्थानीय जनताको सहकार्य तथा महत्वपूर्ण उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।