३१ भाद्र २०८१, सोमबार

उत्पादनमा जोड दिदै नेकपा स्याङ्जाद्वारा धान रोपाइको शुरुवात

0

स्याङ्जा: नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले उत्पादन र श्रमको अभियानलाई तीव्रता दिदै आज बर्षे बाली अन्तर्गत धान रोपाइ गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिकामा झण्डै ३ रोपनी जग्गा लिजमा लिएर आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर अर्थतन्त्रको पार्टी नीति अनुसार नेपाल कम्यूनिष्ट पार्टी स्याङ्जाले धान रोपेको हो । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज उभार सीले स्याङ्जा जिल्लामा धान रोपाईको शुरुवात गर्दै पार्टीले राजनीति मात्र नभएर नियमित रुपमा श्रममा जोडिदै उत्पादन र श्रमको अभियानलाई तीब्रता दिइरहेको बताए ।

रोपाइँमा नेकपा केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी दुर्गा सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य ध्रुव सी, इश्वर सी, शिव गौतम, बालकृष्ण अधिकारी, पुरन सी, राजु सी लगायत पार्टी सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नाजगानसहित निकै उत्साहका साथ आज ३ रोपनी खेतमा रोपाई गरेर शुरुवात गरेको स्याङ्जाले अब केही दिनपछि अरु बाँकी ३ रोपनी खेतमा पनि धान रोप्ने र यसलाई प्रत्येक वर्ष नगदेबालीहरुमा जोड दिदै निरन्तरता दिने जिल्ला सेक्रेटरी दुर्गा सीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।