१४ बैशाख २०८१, शुक्रबार

अछामको ढकारीमा नेकपाको गाउँभेला सम्पन्न

0

अछाम । नेपाल कम्युनिस्ट पार्टी अछामको ढकारी गाउँपालिका स्तरिय पार्टी भेला सम्पन्न भएको छ ।

पार्टीको आगामी असोज १ देखि ९ गतेसम्म काठमाडौँमा हुने नवौँ महाधिवेशनको पूर्व सन्ध्यामा देशव्यापी भेला सम्मेलनको कार्यक्रम अन्तर्गत ढकारी गाउँपालिकाको गाउँभेला सम्पन्न गरिएको हो ।
दलाल संसदिय पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अघि बढौ भन्ने नारासहित बुधबार गाउँपालिकाको सभाहलमा भएको भेलाले कविन्द्र शाही इन्चार्ज र देवेन्द्र परियार ‘दर्शन’ सचिव रहने गरि २५ सदस्यीय पार्टी गाउँ कमिटी र केशव शाहिको नेतृत्वमा ११ सदस्यीय गाउँ यूवा संगठन नेपाल निर्बाचित गरेको छ ।

गाउँपालिकामा हुने भ्रष्ट्राचार र अनियमितताको आवश्यक अनुगमन, जनपरिचालन र जनसंघर्स गर्दै पार्टीको जिल्ला सम्मेलन र महाधिवेशनको आवश्यक तयारीमा जुट्ने निर्णय समेत गरिएको जानकारी सचिवालय सदस्य लोकेन्द्र शाहीले दिएका छन् ।
ढकारी गाउँपालिकामा भएको भेलालाई जिल्ला सेक्रेटरी मिना धामी सरिता ले प्रमुख अतिथिको रुपमा उदघाटन् गर्दै प्रशिक्षण मन्तव्य राखेकी थिइन । कार्यक्रममा सचिवालय सदस्य लोकेन्द्र शाही, जिल्ला कार्यालय सचीव तपेन्द्र, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य रमेश वि सि र गाउँ जनपरिषद प्रमुख विर्मा भुलले अतिथिको रुपमा आशनग्रहण गर्दै निर्बाचित कमिटीलाई शुभकामना तथा वधाई मन्तव्य व्यक्त गरेका थिए भने भेलाको अध्यक्षता कविन्द्र शाही र सञ्चालन देवेन्द्र परियारले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।