३० आश्विन २०८१, बुधबार

महोत्तरीमा सहिद स्मारक अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न

0

२०६० सालमा हत्या गरिएका सहिदहरु बेचु पौडेल, सरला देवकोटा, गणेश पाण्डे र भगवती स्याङ्बोको स्मृतिमा निर्मित सहिद स्मारक आज एक भव्य कार्यक्रमको बीच अनावरण भएको छ ।

महोत्तरी जिल्ला, बर्दिबास नपा, ७ किसाननगरमा निर्मित स्मारक अनावरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले मधेसमा मधेशी, दलित, उत्पीडित समुदाय र सहिद परिवारको पनि पार्टी रहेको बताए ।

उनले परिवर्तनका लागि बलिदान दिने सहिदहरुको सम्झना र सम्मान लागि स्मारक निर्माण गरिएको महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको बाटोलाई अनुशरण गर्ने प्रतिबद्धता जनाए ।
u
मधेसका सबै नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता भएको कार्यक्रमलाई सम्बोधन गर्दै सहिद बेचु पौडेलको आमाले आफ्नाे छोरो सहिद हुँदा रोएर बस्दा कोही पार्टीको मान्छे आएर नसम्झाएकाे बताउँदै अहिले यो कार्यक्रमले गर्दा आफ्नाे छोरो महान भएको, रुनु गल्ती रहेकाे बताइन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय नेताहरु शिला सी, विश्वजित सी, इन्द्रदेव सी र अखिल (समाजवादी) का केन्द्रिय सचिव अटल सीले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा महोत्तरी इन्चार्ज पवन सीले गरेका थिए भने स्वागत मन्तव्य नेकपाका पिबिएम  देवनारायण सीले गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीको मधेस प्रदेश इन्चार्जले गरेका थिए ।

उक्त कार्यक्रममा सहिद परिवार र उक्त स्मारक निर्माणमा जुट्ने कालिगडहरुलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।