९ माघ २०८१, बुधबार

नेकपा पुनर्गठन दिवसको तयारी तिब्र  

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ८ गते मनाउने पार्टी पुनर्गठन दिवसको तयारी तिब्र पारेको छ । शुक्रबार नेकपाले तयारी स्वड रुप नेवा र तामाङ मुक्ति मोर्चाको संयुक्त बैठक बसेको छ ।

नेकपा प्रवक्ता तथा बागमति प्रदेश इन्चार्ज प्रकाण्ड सीको उपस्थितिमा सम्पन्न बैठकले प्रदर्शनमा ठूलो जनासहभागिता गराउन निर्देशन दिएका छन् । प्रवक्ता प्रकाण्ड सीले बैठकलाई सम्बोधन गर्दै नेकपा पुनर्गठन दिवस नवसंशोधनवादी दलालकाविरुद्ध विद्रोह गरेको दिनको रुपमा मनाउन लागेको बताए ।

‘सामाजिक दायित्वलाई वर्गिय दायित्वसँग जोडेर जातिय, राष्टिय, वर्गिय मुक्तिका लागि सङ्खघोष गरेको दिन हो । त्यसैले इमान्दार कम्युनिष्ट नेता कार्यकर्ताले महान पर्वको रुपमा पार्टी पुनर्गठन दिवस मनाउनु पर्छ ।’, उनले भने, ‘नेकपा पुर्नगठन दिवस तत्काल देशमा बढ्दै गएको भष्ट्रचार, राष्ट्रघात, महङ्गी, कालाबजारी, सहकारी ठगी र कुशासनका विरुद्ध बृहत प्रर्दशन गर्ने, त्यसमा नेवार, तामाङ मोर्चाले व्यापक जनसमुदायको उपस्थित गराउनु पर्ने छ ।’     


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।