२४ पुष २०८१, बुधबार

नेकपालाई आइटम सीले गरे १ हजार वर्गमिटर जग्गा हस्तान्तरण

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटलाई माओवादी आन्दोलनका पुराना पाका नेता तथा नेकपाका सल्लाहकार समिति सदस्य आइटम सीले आफ्नो नाममा रहेको १ हजार वर्गमिटर जग्गा हस्तान्तरण गरेका छन् ।
शान्नित्रिवेणी गाउँपालिको मुम्रास्थित लातामा रहेको पुर्जावाला जग्गा नेता आइटम सीेले शुक्रबार एक कार्यक्रमका बीच जिल्ला पार्टीलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी देशभर उत्पादन अभियानमा लागेको र देशलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेकाले पार्टीको नाममा हुने गरी जग्गा निशुल्क हस्तान्तरण गरिएको नेता आईटम सीले बताए ।
नेता आइटम सीले विगत जनयुद्धकालमा जनमुक्ति सेनाको हात हतियार बनाउने, मर्मत गर्ने लगायतको प्राविधिक विभागमा रहेर महत्वपूर्ण योगदान गरेका थिए ।
उनले अहिले पनि माओवादी कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रेरणाको पात्र बन्दै पार्टीलाई आफ्नो निजी जग्गा हस्तान्तरण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज विवेक सी र जिल्ला सेक्रेटरी बलवान सीको उपस्थितिमा जग्गा हस्तान्तरण गरेका हुन् ।
हाललाई जग्गा दिएको घरायसी काज गरिएको र केही समयमा पार्टीको इन्चार्ज सेक्रेटरीको नाममा रजिष्ट्रेशन पास गरिदिने नेता आइटम सीले बताए ।
सो अवसरमा नेकपाका जिल्ला इन्चार्ज विवेक र सेक्रेटरी बलवान सीले पार्टीलाई निशुल्क जग्गा हस्तान्तरण गरेकोमा पुराना नेता तथा सल्लाहकार आईटम सीलाई विशेष धन्यावाद दिएका छन् । पार्टीलाई हस्तान्तरण गरिएको जग्गामा जिल्ला पार्टीले ओखर तथा स्याउ खेति गर्ने इन्चार्ज विवेक सीले जानकारी दिए ।
जग्गा हस्तान्तरण कार्यक्रमा जिल्ला इन्चार्ज, सेक्रेटरीका साथै जिल्ला पार्टी सल्लाहकार सदस्य निर्माण सी, महाबै गाउँपालिका इन्चार्ज विषम सी, सहिद जमिनको बुवा सुनामे लुवार लगायतको आतिथ्यता रहेको थियो ।
मुम्रा गाउँ कमिटी सेक्रेटेरी सुवास सीको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।