नेकपा निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले त्रिविका ८ वटा संकायका डिन र १८ वटा क्याम्पसका प्रमुखहरुमा नियुक्ति गर्दा राजनीतिक भागभण्डा नर्गन माग गरेको छ । त्रिवि उपकुलपति प्रा.डा. केशरजंग बराललाई ज्ञापनपत्र पेश गर्दै उक्त माग राखिएको हो । त्रिविले गत भाद्र १९ गते सुचना प्रकाशित गरि चिकित्साशास्त्र, इन्जिनियरिङ, शिक्षा, मानविकी, कृषि, वन लगायतका संकायहरुमा डिनका लागि र आरआर, पृथ्वीनारायण, पाटन संयुक्त, विश्वभाषा, बुटवल बहुमुखी, सुर्खेत शिक्षा, जुम्ला क्याम्पस, डोटी क्याम्पस लगायतका त्रिविका १८ वटा क्याम्पसका प्रमुखहरुका लागी खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्तिको प्रकृया अगाडि बढाएको थियो । दलाल राजनीतिको विश्वविद्यालयमा चरम हस्तक्षेपका कारण नियुक्तिमा ढिलाढाला भएको र दलाल राजनीतिक भागभण्डा त्रिविको क्यान्सर भएकाले कुनैपनि मुल्यमा राजनीतिक भागभण्डा अस्वीकार गर्ने अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सीले बताए ।
प्रतिक्रिया दिनुहोस्