८ माघ २०८१, मंगलवार

दाेलखाका दिपक सीद्वारा आफु नेकपामै रहेको स्पष्टाेक्ति

0

दाेलखाका दिपक सीले आफ्नाे आबद्धता नेकपा र एकीकृत जनक्रान्तिमा नै रहेको स्पष्ट पारेका छन् ।
दिपक सीले एक प्रेस विज्ञप्ति जारी गरि पछिल्लो दिनमा
राजनैतिक भेटघाट र छलफललाई पार्टी परित्यागको हल्लामा मोडेर आफ्नाे क्रान्तिकारी प्रतिष्ठा, राजनैतिक इतिहास प्रतिबद्धता, निष्ठामा पार्टीमा अन्योल पार्न खोजिएकोप्रति खेद प्रकट गर्दै उनलेे नेकपामै रहेको स्पष्ट पारेका छन् ।

राजनैतिक पार्टी र नेतासंगको भेटघाटले उत्पन्न गराइएका भ्रमलाई निवारण गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको जानकारी गराउँदै उनलेे आफ्नाे साथ सधैंभरी क्रान्तिमा रहने र क्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करमा क्रान्तिको विजय अवश्यम्भावी हुने बताए ।

प्रेस विज्ञप्तिकाे पूरा पाठ-
म दिपक सी राष्ट्रिय मुक्ति र जनमुक्तिको लागि महान जनयुद्ध, जेल संघर्षदेखि क्रान्तिकारी धारमा रहेर वैचारिक संघर्षको नेतृत्व गर्दै नेकपा-माओवादी दोलखा जिल्लाको संस्थापक सचिवालय सदस्य रहेर पार्टी पुनर्गठन भई महासचिव विप्लव सीको नेतृत्वमा निर्माण भएको हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र संचालित एकीकृत जनक्रान्तिमा निरन्तर क्रियाशील रहदै आएको सबैमा सर्वविदितै छ ।
पछिल्लो दिनमा सहकार्यमा भएका राजनैतिक पार्टी र नेतासंगको भेटघाटले उत्पन्न गराइएका भ्रमलाई निवारण गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
राजनैतिक भेटघाट र छलफललाई पार्टी परित्यागको हल्लामा मोडेर मेरो क्रान्तिकारी प्रतिष्ठा, मेरो राजनैतिक ईतिहास प्रतिबद्धता, निष्ठामा पार्टीमा अन्योल पार्न खोजिएको प्रति खेद प्रकट गर्दै मेरो आबद्धता नेकपा र एकीकृत जनक्रान्तिमा नै रहेको स्पष्ट पार्न चाहन्छु ।
आगामी दिनमा झन् स्पातिलो भएर नेपाली विशेषताको समाजवाद स्थापना गर्न, सदैब देश र जनताको हितमा र जनसेवामा पूरै बल र बुद्धिका साथ समर्पित हुने पनि देशभक्त दोलखाली न्यायप्रेमी जनसमुदायमा विश्वास दिलाउँन चाहन्छु र प्रतिबद्दता पनि व्यक्त गर्दछु । साथै अन्य कमरेडहरुलाई पनि भ्रमहरुको निवारण गर्दै एकीकृत जनक्रान्तिमा लामबद्द हुन अनुरोध गर्दछु ।
यो निर्विवाद तथ्य हो कि नेपालको समग्र क्षेत्र संकटग्रस्त छ । साम्राज्यवादको हस्तक्षेप नाङ्गो रुपमा बढिरहेको छ । राष्ट्रको अस्तित्व अत्यन्तै संवेदशील मोडमा पुगेको छ । नेपाली जनता यसबाट मुक्ति चाहन्छन् । संसदवाद र दलाल पुँजीवादको अन्त्य गरेर बैज्ञानिक समाजवाद स्थापना गर्नुले मात्र यसको सही समाधान हुन्छ । यो नै मेरो वैचारिक अडान हो । आदरणीय महासचिव कमरेड विप्लव सीको नेतृत्वमा नेकपाले देशको राष्ट्रिय संकटको अग्रगामी निकासको निम्ति जिम्मेवारढंगले पहल अघि बढाइरहेको छ । आज नेपाली श्रमिक जनताको आशा र भरोसाको केन्द्रको रुपमा आदरणीय महासचिव विप्लव सी र नेकपा राष्ट्रिय राजनीतिमा स्थापित हुन पुगेको छ । मेरो साथ सधैंभरी क्रान्तिमा रहनेछ । क्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करमा क्रान्तिको विजय अवश्यम्भावी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।