९ माघ २०८१, बुधबार

केन्द्रीय प्रतिनिधि समिति बैठकमा समूहगत धारणा राख्ने क्रम सकियाे

0

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा समूहगत धारणा राख्ने क्रम सकिएकाे छ ।
कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालय जारी बैठकमा महासचिव विप्लवले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलबाट आएका सुझावसहित १४ वटा समूहका नेताहरूले सश्लेषित रूपमा धारणा राखेका छन् ।
बैठकमा महासचिव विप्लवले पेश गरेकाे १७ पृष्ठ लामाे प्रतिवेदनमाथि पूर्वी लम्बिनीबाट विरेन्द्र सी, गण्डकीबाट काजी सी, पूर्वबाट हुकुम सी, जवस माेर्चाबाट विश्लेषण सी, बागमतीबाट श्रीजन सी, विशेषबाट कान्छाराम सी, मधेसबाट रामनारायण सी, जातिय/क्षेत्रिय माेर्चाबाट इन्द्र सी, कर्णालीबाट भीमसेन सी, सुदूरपश्चिमबाट विनाेद सी, उपत्यकाबाट ललित सी, केन्द्रीय कार्यालयबाट विक्रम सी र विभागबाट जयन्द्र सीले समूहगत धारणा राखेका छन् ।
धारणा राख्ने सबैले महासचिवकाे प्रस्तावकाे समर्थन गर्दै यसलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।