९ माघ २०८१, बुधबार

महासचिव विप्लवसहित केन्द्रीय प्रतिनिधि समिति सदस्यहरुद्वारा श्रमदान

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरूले झण्डै तीन घण्टा श्रमदान गरेका छन् । केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरू तीन वटा समूहमा विभाजित भएर तीन फरक फरक क्षेत्रमा श्रमदान गरेका हुन् ।
नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीसहित, स्थायी समिति सदस्य भरत सी, शिलु सीसहित केन्द्रीय प्रतिनिधि सदस्यले पाेखरी सफा गर्ने, पर्खाल लगाउने र ढुङ्गा बाेक्ने काम गरेका छन् ।
महासचिव विप्लवकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश (उपत्यका बाहेक) काे समूहले केन्द्रीय कार्यालय परिसरभित्र रहेकाे स्वीमिङ पुल (पौडी पाेखरी) वाल लगाएर घेरवार गरेकाे छ ।
स्थायी समिति सदस्य शीलु सीकाे नेतृत्वमा रहेकाे लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस र उपत्यका प्रदेशकाे समूहले माछापाेखरी सरसफाई गरेकाे छ भने पाेलिटव्युराे सदस्य कृति सी नेतृत्वको किंरात लिम्बुवान प्रदेशले ढुङ्गा बाेकेर श्रमदान गरेकाे छ ।

केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकका एजेण्डा अन्तरगत श्रम गरिएकाे नेपालका प्रवक्ता प्रकाण्ड सीले बताए । जनता दु:खमा रहेकाे र जनताका दुखकाे अन्त्यका लागि आफ्नाे पार्टीले श्रम संस्कृतिकाे विकास गरेकाे भन्दै त्यसकाे कार्यान्वयनका लागि बैठककाे एजेण्डामै श्रम राखिएकाे बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।