![](https://janapatrika.com/wp-content/uploads/2025/02/Messenger_creation_0AFED65B-ECD7-4A87-93CC-C648156C1428.jpeg)
दाङ । जनयुद्ध सरोकार समितिको पहिलो बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
मंगलबार नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले राज्यद्वारा ०४८ सालदेखि हालसम्म गरेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको सरोकार समितिका प्रमुख सन्जिव सीले जानकारी दिए ।
बैठकमा नेकपाका महासचिव विप्लव सीले जनयुद्ध सरोकार समितिको आवश्यकता र यसको कर्तव्यबारे महत्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए ।
जनयुद्ध सरोकार समितिका प्रमुख सन्जिव सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो ।
जनयुद्ध सरोकार समितिको पहिलो बैठकमा नेकपाका पिबिएम विजय सी, श्रमिक समुदाय विभागका प्रमुख सन्तोषी सीको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्