१० फाल्गुन २०८१, शनिबार

जनयुद्द दिवसमा नेकपा नवलपूरले गर्यो शुभकामना आदानप्रदान

0

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले कावासोतीमा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न गरेको छ।

३० औ जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज क. जुझारु सीले  जनयुद्धको सुरुवात, उद्देश्य, र यसले ल्याएको परिवर्तनहरूको चर्चा गर्दै, यो संघर्षले देशमा ल्याएको सामाजिक, आर्थिक, र राजनीतिक परिवर्तनहरूको  हकदार माओवादी रहेको बताए ।

  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य, क. किशन शर्मा, ले  पार्टीभित्रको एकताको महत्त्व र देशको समृद्धिका लागि सबैलाई मिलेर अघि बढ्न आह्वान गरेका थिए ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नवलपुर जिल्ला कावासोती नगरका पूर्व अध्यक्ष क. रामराज पण्डित,, नेकपा नवलपुर जिल्ला सल्लाहकार समितिका सदस्यहरू, क. राजकुमार सी, क. भरत सी, क. कोष व. सी, क. टेक व. सी, क. रेखा व. सी, र सहिद/बेपत्ता परिवारका प्रतिनिधि क. कमलराज ज्ञवाली अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको प्रारम्भमा सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। स्वागत मन्तव्य नेकपा नवलपुर जिल्ला समिति सदस्य तथा मध्यविन्दु नगर इन्चार्ज क. नर व. सीले राखेका थिए । 

कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य तथा नेकपा नवलपुर कावासोती नगर इन्चार्ज क. बिश्वास सीले गरेका थिए। अध्यक्षता केन्द्रीय सदस्य तथा नेकपा नवलपुर जिल्ला सेक्रेटरी क. सुमन सीले गरेका थिए।

कार्यक्रमको समापन अध्यक्ष क. सुमन सीले शुभकामना सहित गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।